सप्तरी । सप्तरीका दुईओटा स्थानीय तह जोड्ने पक्की पुलको निर्माण लामो समयसम्म पनि सम्पन्न हुन सकेको छैन । जिल्लाका कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिका जोड्ने सुन्दरीखोलामा बन्ने पुल ७ वर्षमा पनि बन्न सकेको छैन ।
आर्थिक वर्ष २०७१/७२ देखि पुलको काम शुरू गरेर आव २०७३÷७४ मा बनाइसक्नुपर्नेमा अझै काम पूरा हुन नसकेको स्थानीय विजय महत्मान यादवले बताए ।
पुल निर्माण पूरा नहुँदा वर्षायाममा नदी वारपार गर्न समस्या हुने गरेको गुनासो स्थानीयवासीको छ । पुल निर्माण नहँुदा तिरहुत गाउँपालिकाका पिपराही, गोइठी मैनाकडेरी र धनपुरी गाउँबाट कञ्चनपुर बजार आउन जान सास्ती खेप्नुपरेको स्थानीय मुकेश यादवले बताए । सडक डिभिजन लहान कार्यालय सिरहामार्फत नीलगिरि कन्स्ट्रक्शनले पुल निर्माणको ठेक्का पाएको थियो । रासस