• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज माघ- १३ अन्तर्राष्ट्रिय भन्सार दिवस

  • वीरगंज संजाल
  • १३ माघ २०७७, मंगलवार ०६:४०
  • ३०६५

    वीरगंज | सामान्यतया सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको लेखाजोखा राख्ने अड्डालाई जनाउँदछ । नेपाललाई दुई ढुङ्गाबिचको तरुलका रुपमा परापूर्वकालदेखिनै ब्याख्या गरिदैं आएको छ, भारत र चीनसंग जोडिएका नेपालका धेरै भन्सार कार्यालयहरु छन् ।

    विहानै उठ्ने वित्तिकै हामीले चिया खाने कपहरु, या प्रयोग गरेका विभिन्न प्रकारका विदेशी रिकापी अर्थात कचौराहरु, चम्चाहरु, विदेशमा बनेर आयात गरिएका सम्पूर्ण सामानहरु, लत्ताकपडाहरु अनि प्रयोग गरिने मोबाईल लगायत कम्प्यूटरहरु यिनै विभिन्न भन्सार कार्यालयहरू हुँदै आयात गरिएका हुन् । यसअर्थमा हाम्रो दैनिक जीवनमा चाहिने बस्तु अनि सेवाहरुको सरल अनि सहज आपूर्तिकालागि भन्सारको ठूलो महत्व छ । यहाँसम्म कि हामीले चढेका हरेक सवारीसाधनहरु लगायत तिनले खपत गर्ने हरेक थोपा इन्धनहरु अनि हाम्रो भान्साकोठामा भएका प्रत्येक चिम्टि नुन समेत भन्सारकै नाका भएर आएको हो ।

    नेपाल एउटा भूपरिवेष्ठित देश भएकाले हामी नेपालीहरुकालागि भन्सारको महत्व अत्यन्त धेरै छ । यस्ता भन्सार कार्यालयहरुमा आयात या निर्यात गरिने सामानहरुको लेखाजोखा राखिन्छ, देशको कानुनअनुसार कर लगाईन्छ र मापदण्ड अनुसार पैठारी गरिन्छ । यसरी भन्सारले उठाउने महसुललाई राजश्वका रुपमा देशले विकास निर्माण, सुरक्षा अादि अनेक देशहितमा सरोकार राख्ने गतिविधिहरूकालागि प्रयोग गर्दछ । हामीले देखेका देश विकासका कदमहरु चाहे ती बाटो, स्कूल बनाउने देखि पुल र अन्य भौतिक पूर्वाधारहरु अनि विकासका अन्य मापदन्डप्रति सरकारको लगानीहरुमा धेरैजसोका श्रोतहरु यिनै राजश्व नै हुन् । चीनसंगका भन्सार नाकाहरुहुँदै या भारतसंगका नाका हुँदै ठूला ठूला मालवाहक गाडीमा आउने सामानहरु हाम्रा जीवनरेखाकारुपमा रहेका छन् ।

    हरेक वर्ष जनवरी २६ तारीखका दिन संसारभरि भन्सार दिवस मनाईन्छ, यसरी यस दिनमा भन्सार दिवस मनाईने कार्य भने विश्व भन्सार सङ्गठनले तय गरेको हो । आज नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरीक उत्प्रेरणत्मक अनि जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाईन्छ ।

    भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु कानूनतः ठूलो अपराध हो, वस्तु तथा सेवाको कानूनतः आपूर्ति गर्नकालागि भन्सार छल्नु सजायको भोगी हुनु हो । हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरि त्यो उद्देश्य प्राप्ति भए नभएको अनि त्यसका अन्य कठिनाई र अभ्यासहरुको विषयमा छलफल गर्दछ । विभिन्न प्रकारका बन्द, चक्काजाम अनि आन्दोलनका कारणले वस्तु तथा सेवाको आयात निर्यातमा असर पर्दछ र राजश्व असुलीमा कठिनाई हुन्छ ।

    आयात अनि निर्यातकालागि चीन र भारत दुबै देशसंग ब्यापार सम्झौतागरि नेपाल सरकारले कुनै एउटा देश भन्दा पनि समग्र संसारभसरबाटै वस्तु तथा सेवाको विनिमय गर्न सफल होस् । एकमात्र अन्तराष्ट्रिय विमानस्थल अर्थात् त्रिभुवन विमानस्थललाई अझ वैज्ञानीक अनि सहज बनाउँदै सहज आयात, निर्यातको ब्यवस्था गर्न सकोस् । राष्ट्रसेवकहरुको निष्ठामा आँच नआओस् । विश्वमा कम्प्यूटर प्रविधीबाट सहज अनि सरल बनाईएको भन्सारका लेखाजोखाका विवरण अनि हिसाबहरु नेपालमा अझै पनि अधिकांशरुपमा पुरानै ढड्डा अनि हस्त लिखित कागजमा भईरहेको छ, प्रविधिले नेपाली भन्सारलाई सर्लक्क बाँध्न सकोस् । नेपालीको हित होस् अनि नेपालको जय होस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑