मुम्बई | बलिउड अभिनेता वरुण धवन र उनकी फेसन डिजाइनर प्रेमिका नताशा दलाल आज आईतबार वैवाहिक जीवनमा बाँधिए ।उनीहरूको वैवाहिक समारोहमा नजिकका साथीभाइ तथा परिवारका सदस्यहरु मात्र सहभागी भए ।
उनीहरूको विवाह अलीबागको द मेन्सन हाउसमा सम्पन्न भएको हो ।वरुण र नताशाको प्रेम प्रसंग बलिउडमा सबैभन्दा बढी चर्चामा रहेको छ ।दुबैले एक-अर्कालाई बाल्यकालदेखि नै चिन्दछन् ।
नताशा वरुण सँगै पढ्थिन् ।
पढाइ सकिएपछि पनि उनीहरू भेटघाट गर्थे ।त्यहीबीचमा उनीहरूले एक-अर्कालाई मन पराउन थाले ।धेरै वर्षसम्म यो सम्बन्धलाई लुकाएको वरुण ले नै उनीहरूको प्रेम सम्बन्धका बारेमा खुलासा गरेका थिए ।
आज सम्पन्न उनीहरूको वैवाहिक कार्यक्रमलाई उनीहरूले निकै नै गोप्य राखेका थिए ।यसैबीच, अभिनेता धवनले नै इन्स्टाग्राम मार्फत आफ्नो विवाहका दुई तस्विर सार्वजनिक गरेका छन् ।तस्विरमा दुवै निकै खुशी देखिएका छन् ।
दुबैले परम्परागत पहिरन लगाएको देख्न सकिन्छ ।