• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रचण्ड-माधव पक्ष उत्साहित, उठ्ला त आन्दोलन?

  • वीरगंज संजाल
  • ९ माघ २०७७, शुक्रबार २२:०४
  • ४२४५

    वीरगंज | प्रतिनिधि सभा विघटनविरुद्धको संघर्ष गरिरहेको नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षलाई शुक्रबारको सभामा भएको उपस्थितिले उत्साहित बनाएको छ। आफ्नो उत्साहलाई उनीहरूले भाषणमार्फत् अभिव्यक्त गरेका थिए।

    राजधानीको विभिन्न ९ स्थानबाट सुरु भएको जुलुस रत्नपार्कमा एकीकृत भएको थियो। त्यहीँ आयोजित सभामा मुख्य नेताहरूले सम्बोधन गरेका थिए। त्यसअघि नै काठमाडौंको ट्राफिक व्यवस्था भने अस्तव्यस्त भइसकेको थियो।

    काठमाडौं उपत्यका आसपासका जिल्लासहित प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताले सो पक्षको सभालाई बृहत् बनाएको थियो। जसलाई शीर्ष नेताहरूले दोस्रो जनआन्दोलनको झझल्कोको रुपमा चर्चा गरे। सडकको भीडलाई देखाउँदै नेताहरुले संवैधानिक निकायले जनमतको सम्मान गर्ने आशा व्यक्त गरे।

    गत पुस ५ यता देशैभर सभा गरेपनि प्रचण्ड–नेपाल पक्षले ठूलो संख्यामा नेता कार्यकर्ता जम्मा गर्न सकेको थिएन। तर शुक्रबारको सभामा अपेक्षा गरिएभन्दा ठूलो उपस्थित देखिएपछि यो पक्षमा आन्दोलनको बलमा अघि बढ्न सक्ने मनोबल बढेको जस्तो देखिन्छ।

    शुक्रबारको उपस्थिति र मुद्दाको कोणबाट बलियो महसुस गरेरै हुनुपर्छ, सभामा सम्बोधन गर्ने नेताहरूले जनताको तागतको स्मरण गरे।

    सडकमा उत्रिएर साथ दिएको समूह मात्रै होइन, यो पक्षलाई बुद्धिजीवी, लेखक, साहित्यकारलगायतको समूहले पनि साथ दिएको छ। साथै, ओलीका कारण प्राप्त राजनीतिक एजेन्डा पनि उनीहरूसँगै छ। ओलीको जस्तो प्रतिरक्षा गर्दै होइन, आक्रमण गर्ने विषय उनीहरूसँग प्रशस्तै छन्।

    बेग्लाबेग्लै संघर्ष गरिरहेको भएपनि, प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमविरुद्ध कांग्रेस, जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टीलगायतका राजनीतिक शक्तिहरू पनि उभिएका छन्। जसको मनोवैज्ञानिक आड पनि प्रचण्ड-माधव पक्षलाई छ।

    शुक्रबारको उपस्थिति र मुद्दाको कोणबाट बलियो महसुस गरेरै हुनुपर्छ, सभामा सम्बोधन गर्ने नेताहरूले जनताको तागतको स्मरण गरे।

    सभामा बोल्दै प्रचण्डले दोस्रो जनआन्दोलन र शान्ति प्रक्रियाको सुरुवाती दिनमा हुने जनउपस्थितिको स्मरण गरे। ‘प्रतिक्रान्तिकारी र प्रतिगामीहरूलाई देखाउन नेपाली जनता जागिसकेका छन्, सुत्नेवाला छैनन् भन्ने कुरा प्रमाणित भइसकेको छ,’ उनले उत्साहित हुँदै भने, ‘शान्ति सम्झौता, २०६२/०६३ को जनआन्दोलनमा यति धेरै जनसागर देखिएको थियो। आज १३/१४ वर्षपछि त्यसैगरी काठमाडौंमा जनसागर उत्रिएको छ। यसले फैसला गरेरै छाड्छ।’

    अढाई सय वर्ष लामो शाहवंशीय शासन फाल्दा सबै जनता एकैठाउँ उभिएको बताउँदै प्रचण्डले आवश्यकता पर्दा नेपाली जनता एक ढिक्का हुन सक्छन् भन्ने सन्देश गएको बताए। ‘नेपाली जनता निरंकुशतावादविरुद्ध धावा बोल्न सक्छन्। तानाशाहलाई घोडाबाट खसाएर फुटबल खेल्न सक्छन्। राजामहाराजाको श्रीपेच झिकेर लात्ता हान्न सक्छन् भन्ने सावित भएको थियो,’ उनले भने, ‘केपी प्रवृत्तिविरुद्ध पनि त्यसैगरी मुकाविला गर्नेछन् भन्ने प्रमाणित भयो। त्यो दिन आइसकेको छ।’

    ठूलो सभालाई सम्बोधन गरेका प्रचण्डले केपी शर्मा ओलीको सेटिङ असफल हुने दाबी गरे। ‘केपी र उनी निकटका मान्छेले सेटिङ मिलाइसक्यौं भनिरहेका छन्। तर जनताको तागतले त्यो सेटिङ भत्काएर नयाँ सेटिङ जन्माउँछन् भन्ने विश्वास व्यक्त गर्छु,’ उनले भने, ‘देशैभर जनताको सागर देखापरेको छ। यसले षड्यन्त्रकारी सेटिङ सिध्याएर जनताको सेटिङ खडा हुँदैछ।’

    प्रतिनिधि सभा विघटन गर्ने केपी ओलीको निरंकुश कदमलाई प्रोत्साहित गरियो भने नेपालको शान्ति प्रक्रिया डिरेल हुने प्रचण्डले चिन्ता व्यक्ति गरे। ‘म त फेरि युद्धमा जाने कुरा पनि छैन। फेरि हिंसामा जाने कुरा पनि छैन। शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धाको ‘कमिटमेन्ट’का साथ तीन-तीनवटा चुनाव लडिसक्यौं,’ प्रचण्डले भने, ‘तर, ओलीको कदम सही ठहरियो भने यसैगरी लाखौंलाख जनता सडकमा अपिल गरेर भए पनि गल्ती सच्याउने र निरंकुशता सच्याउने मेरो निरन्तर प्रयास हुनेछ। सम्मानित अदालतका सम्मानित न्यायाधीशहरू कोही पनि यो देशमा फेरि अराजकता, फेरि हिंसा चाहन्छन् भनेर म कल्पना पनि गर्न सक्दिनँ।’

    मन्त्रीको हुर्मत लिनुका साथै राज्यको सम्पूर्ण शक्ति आफैंमा केन्द्रित गरी स्वेच्छाचारी बनेको नेपालको आरोप छ।

    यस्तै सो पक्षका एकजना अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको आन्दोलनलाई ‘कास्टिङ’ मात्रै भएको बताए। उनले आन्दोलनमा भएको जनसहभागिताबाट उत्साहित हुँदै ओलीविरुद्धको आन्दोलन थप सशक्त बनाउँदै लग्न सकिने विश्वास व्यक्ति गरे।

    ‘आजको उपस्थितिले जनआन्दोलनको झझल्को दिइरहेको छ। २०६२/६३ मा जसरी जनता आन्दोलित भएका थिए’, उत्साहित हुँदै नेपालले भने, ‘त्यस्तै झल्को दिएको छ। त्यसैले मैले भनेको यो कास्टिङ मात्रै हो।’ हिटलर पनि चुनावबाट आएको उल्लेख गर्दै नेपालले केपी ओली चुनावबाटै आएर हिटलर पथमा लागेको बताए। मन्त्रीको हुर्मत लिनुका साथै राज्यको सम्पूर्ण शक्ति आफैंमा केन्द्रित गरी स्वेच्छाचारी बनेको उनको आरोप छ।

    यस्तै नेकपा वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले असंवैधानिक कदम चालेको बताउँदै विरोधमा उत्रिएका जनता हेर्न आग्रह गरे। उनले केपी ओलीलाई पार्टीको भगौडा भएको टिप्पणी गरे।

    उनले ओलीले आफ्ना हनुमानहरूलाई सबैतिर सेटिङ मिलाइसकेको बताउने गरेपनि अदालत हिजोका राजामहाराजाले बनाएको अदालत नभएको स्मरण गराए।

    ‘दोस्रो जनआन्दोलनपछि हामीले बनाएको सविधानले बनाएको अदालत हो। सविधानभन्दा बाहिर गएर कुनै प्रकारको फैसला गर्न मिल्दैन। हामीलाई अदालतप्रति पूरापूर विश्वास छ। प्रतिनिधि सभा पुनःस्थापना हुन्छ,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑