वीरगंज । नेपाल प्रहरीले बिल नभएका १४० थान मोबाइल बरामद गरेको छ । प्रहरीले बिहीबार जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैयास्थित तिनकुने चोकबाट करिब ५ लाख १६ हजार रुपैयाँ बराबरका १ सय ४० थान मोबाइल जफत गरेको हो ।
काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना.६ ख ७३९५ नम्बरको बसलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा डिकीमा लुकाई छिपाई राखेको अवस्थामा बिना बिलका मोबाइलहरु फेला पारेको बताइएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।