• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अवैध लागूऔषधसहित १४ जना पक्राउ

  • वीरगंज संजाल
  • ७ माघ २०७७, बुधबार १८:३५
  • ३२४९

    वीरगंज | अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन्। कास्की, कञ्चनपुर, पर्सा, सिरहा, झापा र सुनसरीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

    प्रहरीले कास्कीको पोखरा महानगरपालिका-१७ हिमचुली मार्गबाट नियन्त्रित लागूऔषध १० एम्पुल डाईजेपाम, १० एम्पुल फेनारगन, १० एम्पुल नुर्फिन, नगद १८ हजार रुपैयाँ र २ थान मोबाइल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्दिया ठकुरद्वार नगरपालिका-८ घर भएका २९ वर्षीय मिन रानाभाट र बाँके कोहलपुर नगरपालिका-१७ घर भएका २७ वर्षीय विशाल राना मगर रहेका छन्। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले मिन रानाभाटको कोठाबाट उक्त परिमाणको लागूऔषध तथा नगदसहित फेला पारी पक्राउ गरेको हो। उनीहरू उपर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    यस्तै,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरबाट ७० ग्राम अवैध लागूऔषध चरेश सहित सोही ठाउँमा होटल व्यवसाय गर्ने ४१ वर्षीय देवेन्द्र बहादुर कठायतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनको साथबाट उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो।

    त्यसैगरी, पर्साको वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट २ सय ३१ पीस नियन्त्रित लागूऔषध नाइट्राभेट सहित सोही महानगरपालिका-९ बस्ने १३ वर्षीय बालकलाई प्रहरीले मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा चेकिङमा खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी ती बालकलाई पक्राउ गरेको हो। साथै मकवानपुर बागमी गाउँपालिका-६ बस्ने २२ वर्षीय दिपक पोख्रेलले ती बालकलाई उक्त लागूऔषध बोक्न लगाएको खुल्न आएपछि दिपकलाई समेत प्रहरीले पक्राउ गरेको छ।

    यस्तै, सिरहाको कर्जन्हा नगरपालिका-१० स्थित सूर्य सिमेन्ट फ्याक्ट्रीको कम्पाउण्डभित्र रहेको घरबाट ३ ग्राम ९ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु सहित मिर्चैया नगरपालिका-७ बस्ने २६ वर्षीय दिलिप यादव लगायत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। उक्त घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उक्त वस्तु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

    यसैगरी, लहान नगरपालिका-१० खुट्टी पुल नजिक सडकबाट ४ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु सहित लहान नगरपालिका-१८ भदैया बस्ने २५ वर्षीय विजय कुमार पासवान र कल्याणपुर नगरपालिका-११ कोरनियाही बस्ने १९ वर्षीय मोहमद ईबरानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

    यस्तै, झापाको दमक नगरपालिका-८ बालुवाटार डेरा गरी बस्ने गौरीगंज गाउँपालिका-७ घर भएका २४ वर्षीय बिनोद कुमार पौदार र १८ वर्षीय किशोरलाई २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, नियन्त्रित लागूऔषध ३ बोतल कोरेक्स, १७ ट्याब्लेट नाइकाभेट र नगद ११ हजार रुपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

    यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका-८ बस्ने ईटहरी उपमहानगरपालिका-१९ घर भएका २३ वर्षीय बिकास बुढाथोकीलाई नियन्त्रित लागूऔषध १ सय क्याप्सुल स्पास्मो प्रोक्सभोन र ८० ट्याब्लेट नाइट्रोसन सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनको कोठामा लागूऔषध बेचबिखन भइरहेको भन्‍ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑