वीरगंज | बारा प्रहरीले आर्थिक लेनदेन मुद्दामा दोषी ठहरिएका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका वडा नम्बर ३ का राजेश्वर दास तात्वा रहेका छन्।
उनलाई माघ ६ गते बारा प्रहरीले पक्राउ गरेको हो। आर्थिक लेनदेनमा बारा जिल्ला अदालतको फैसलाबाट १ वर्ष कैद भएकोमा उनी फरार रहँदै आएका थिए।
प्रहरी चौकी श्रीनगर वैरियाको टोलीले उनलाई पक्राउ गरी ल्याएकोमा मंगलवार बारा जिल्ला अदालतमा कैद भुक्तान गर्न पेश गरिएको प्रहरी नायव उपरीक्ष गौतम मिश्रले जानकारी दिए।