• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारको पाठशाला सीयूजी प्रभावविहीन, ४३ विद्यालय मात्र आबद्ध

  • वीरगंज संजाल
  • ७ माघ २०७७, बुधबार ०३:०२
  • २७१७

    वीरगञ्ज | सरकारले वैकल्पिक सिकाइ सहजीकरणका लागि ल्याएको पाठशाला सीयूजी (क्लोज्ड युजर ग्रुप) सिममा हालसम्म ४३ विद्यालय मात्र सहभागी भएका छन् ।कोरोना महामारीबीच विद्यार्थीको पढाइ निरन्तर जारी राख्न नि:शुल्क सिमकार्ड वितरण गरेको हो । देशभरि संस्थागत र सामुदायिक विद्यालय गरी ३५ हजार ६ सय १ विद्यालय छन् । जसमा सामुदायिक विद्यालय मात्र २८ हजारभन्दा बढी छन् ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल टेलिकमसँग सम्झौता गरेर मंसिरदेखि नै नि:शुल्क सिम बाँड्न सुरु गरेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटमा कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यसामग्रीहरू उपलब्ध छन् । श्रव्यदृश्य माध्यम दुवै तरिकाबाट पढ्न सजिलो होस् भनेर केन्द्रले नि:शुल्क सिम वितरण गरेको थियो ।
    सिममार्फत सीयूजीमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरूले आपसमा जति पनि (असीमित) कुराकानी गर्न शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जीबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सक्छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ मा प्रस्तुत कार्यविधिअनुसार सार्वजनिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाइ सम्पर्क कायम गराउन विद्यालय, स्थानीय तह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विद्यार्थी र शिक्षकलाई मोबाइल सेवाको सीयूजीमा आबद्ध गराउने योजनाअनुरुप मंसिरमा सो योजना सुरु भएको थियो ।

    सोहीबमोजिम नेपाल टेलिकमले सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यार्थीका परिवारको कुनै एक सदस्यलाई आवश्यकताअनुसार ‘पाठशाला सीयूजी सिम (प्रिपेड मोबाइल सिमकार्ड) निःशुल्क उपलब्ध गराउने र शैक्षिक संस्थाका विद्यार्थी, शिक्षक तथा विद्यार्थीका परिवारको कुनै एक सदस्यले हाल प्रयोग गरेका नेपाल टेलिकमका जीएसएम तथा सीडीएमए सेवाका प्रिपेड मोबाइल नम्बरहरू वा निःशुल्क प्रदान गरिएका प्रिपेड मोबाइल नम्बरहरूलाई सीयूजीमा आबद्ध गर्न सकिने व्यवस्था गरेको थियो । सिकाइ सञ्चार सञ्जालीकरण निर्देशिका जारी गरी शिक्षक, विद्यार्थी, टेलिकम सबैको भूमिका त्यसमा उल्लेख गरिएको थियो ।

    कार्यक्रमलाई प्रभावकारी पार्न कात्तिकमै केन्द्रले देशभरिका गाउँपालिका तथा नगरपालिकामा पुग्ने गरी ३ करोड बजेट पठाइसकेको छ । तर कार्यक्रम भने त्यति प्रभावकारी हुन सकेको छैन । पहिलोपल्टको अभ्यास भएकाले सबै विद्यालय गाभिन नसकेको मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहाल बताउँछन् ।

    विद्यार्थीलाई मानव स्रोत विकास केन्द्रले तयार पारेका श्रव्यदृश्य सामग्री पढ्न, हेर्न र सुन्नका लागि नि:शुल्क सिम र महिनाभरि ९९ रुपैयाँ ब्यालेन्स सिममा राखिने व्यवस्था छ । यस्तै, आवश्यक परे प्रयोगकर्ताले आफ्नो नम्बरमा आफैं रिचार्ज गरेर ब्यालेन्स कायम गरी प्रयोग गर्न सकिन्छ ।

    तर सिम कार्ड व्यवहारिक नभएको सरस्वती उच्च माविका प्रधानाध्यापक अर्जुन श्रेष्ठ बताउँछन् । उनका अनुसार श्रव्यदृश्यका भिडियोहरू ठुल्ठूला फाइल हुने भएकाले ५ जीबी डाटा एउटै फाइल डाउन गर्न पनि नपुग्ने उनी सुनाउँछन् । भन्छन्, “सिम व्यवहारिक भएन । त्यसैले हाम्रोमा शिक्षक र विद्यार्थी दुवैले प्रयोग गरेका छैनन् ।”

    कार्यक्रम प्रभावकारी नभए पनि निरन्तर सञ्चालन गरिने केन्द्रले जनाएको छ । सरकारको पाठशाला सीयूजी कार्यक्रमलाई विस्तृत रुपमै लैजान भर्खरै सिकाइ निरन्तर अभियान सुरु भएको छ । ११ वटा माध्यमबाट विद्यार्थीलाई पढाइने भए पनि टेलिफोनबाट पढाइने माध्यमलाई बढी जोड दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑