आज:
  • होमपेज / Breaking News

    नागरिक एपबाट यसरी सजिलै लिन सकिन्छ प्यान नम्बर

  • वीरगंज संजाल
  • ५ माघ २०७७, सोमबार ११:०१
  • ५६६५

    वीरगन्ज । सरकारले परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एपले छोटो समयमै सबैको ध्यान आकर्षित गरेको छ । सम्भव भएसम्मका सबै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ ल्याइएको यो एपको औपचारिक सुरुवात तीन महिनापछि हुने बताइएको छ ।

    तर सरकारले परीक्षणकै चरणमा एपबाट सहजै स्थायी लेखा नम्बर अर्थात प्यान दर्ता गर्न सकिने सुविधा उपलब्ध गराएको छ । अनलाइनको नाममा वेबसाइट तथा एपमा सरकारी निकायमा रहेका जानकारी उपलब्ध गराउने प्रचलनलाई तोड्दै यो एपले सरकारी कार्यालय नपुगेरै सेवा सुविधा प्राप्त गर्न सकिने गरी सहजता ल्याउने बताइएको छ ।

    यसबाट हरेक दिन चौबिसै घण्टा सरकारी सेवामा जनताको पहुँच कायम हुने अपेक्षा ग रिएको छ । त्यसै अनुरुप नागरिक एपमार्फत शनिबार सार्वजनिक विदाको दिनमा पनि बिना कर्मचारी ३२५ जनाले प्यान नम्बर प्राप्त गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ट्वीट गर्दै कार्यालय अवधि र कर्मचारीको उपस्थिति बिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित हुनु हाम्रो सन्दर्भमा युगान्तकारी रूपान्तरण भएको बताएका छन् । नागरिक एपमार्फत सेवामा आम जनताको सिधा पहुँच थप विस्तार गर्दै लगिने उनको भनाई छ।

    ‘सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरुलाई नागरिक एपमार्फत घरमै बसीबसी सेवा लिने प्रक्रियामा आवद्ध हुन आव्हान गर्दछु,’ प्रधानमन्त्री ओलीले आग्रह गर्दै भनेका छन् । आज हामी तपाईंलाई नागरिक एपबाट कसरी प्यान दर्ता गर्न सकिन्छ भन्ने बारेमा बताउँदै छौं ।

    नागरिक एपबाट प्यान दर्ता कसरी गर्ने ?

    एप प्रयोग गर्न तपाईंले सुरुमा आफ्नै नाममा रहेको मोबाइल नम्बरबाट यो एपमा खता खोल्नुपर्ने हुन्छ । (एपमा खाता खोल्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस्)

    अब सुरुमा नागरिक एप खोल्नुहोस् । नागरिक एपबाट प्यान लिन तपाईंले आफ्नो नागरिकता विवरण पुष्टी गराउनुपर्ने हुन्छ ।

    त्यसका लागि नागरिकता लेखिएको स्थानमा थिच्नुहोस् । त्यसको नम्बर, जारी भएको जिल्ला, जन्म मिति र जारी भएको मिति उल्लेख गर्नुहोस् र अगाडि बढ्नुहोस् ।

    तपाईंले उल्लेख गरेको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा नागरिकता विवरण तत्कालै प्रमाणीकरण हुन्छ । यदि तपाईंले नागरिक एपमा खाता खोल्ने क्रममा नै नागरिकता विवरण भरिसक्नुभएको छ भने यो प्रक्रिया दोहोर्‍याइरहनु पर्दैन ।

    अब प्यान लेखिएको स्थानमा थिच्नुहोस् र त्यसको अन्तिममा रहेको प्यान दर्ता गर्नुहोस् लेखिएको स्थानमा दबाउनुहोस् ।

    त्यसपछि आफूलाई पायक पर्ने राजस्व कार्यालय छान्नुहोस् र पुनः अगाडि बढ्नुहोस् । अब त्यहाँ तपाईंले एपमा प्रमाणीकरण गराइसकेका विवरणहरु स्वतः भरिएर आउनेछन् ।

    यति गरिसकेपछि आफ्नो मोबाइलबाट आफ्नो पासपोर्ट आकारको तस्वीर खिच्नुहोस् । तपाईंको मोबाइलमा यस अघि नै तपाईंको पासपोर्ट आकारको फोटो छ भने त्यसलाई पनि प्रयोग गर्न सक्नुहुन्छ ।

    अब व्यक्तिगत विवरणको सुरुमा रहेको तस्वीरको संकेतमा थिचेर मोबाइलमा रहेको आफ्नो पासपोर्ट आकारको फोटो अपलोड गर्नुहोस् ।

    फाराममा छुटेका सबै विवरण थप्नुहोस् र गलत विवरण सच्याएर अगाडि बढ्नुहोस् ।

    यति गरेसँगै तपाईंको निवेदन तयार भयो । अब अन्तिममा दायाँतर्फ रहेको बुझाउनुहोस् लेखिएको स्थानमा दबाउनु भयो भने तपाईंको प्यान दर्ता प्रक्रिया पुरा हुन्छ र एपमै आफ्नो प्यान कार्ड पाउन सक्नुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑