। तपाईंले प्रयोग गर्ने एन्ड्रोइड स्मार्टफोनमा लुकेर बसेका विभिन्न फिचरबारे जानकारी लिनका लागि सिक्रेट कोड महत्वपूर्ण हुन्छन् । जसमार्फत तपाईंले आफ्नो मोबाइलको अवस्थाको समेत जानकारी राख्न सक्नुहुन्छ ।
कतिपय अवस्थामा त तपाईंले मोबाइलमा भोग्ने समस्या समाधानमा समेत यस्ता कोड सहयोगी माध्यम बन्न सक्छन् । त्यसैले आज हामी तपाईंलाई आफ्नो एन्ड्रोइड मोबाइलमा लुकेर बसेका विभिन्न फिचर पत्ता लगाउन आवश्यक कोडहरुको बारेमा बताउँदै छौं ।
यहाँ उपलब्ध कोड सामसङ, मोटोरोला, एसटीसी, सोनी, एलजी, सोओमी, ओप्पो, भिभो, पानासोनिक, ह्वावे, लाभा, माइक्रोम्याक्सका साथै अन्य थुप्रै चिनियाँ स्मार्टफोन ब्राण्डमा प्रयोग गर्न सकिन्छ । तर, सबै फाेनमा सबै कोडले काम नगर्न पनि सक्छ ।
नोट : यी उल्लेखित कोड प्रयोग गर्दा आउन सक्ने समस्या प्रति भने ध्यान दिन जरुरी छ । त्यसैले यदि तपाईं नयाँ हुनुहन्छ भने कुनै जानकार व्यक्तिसँग बुझेर मात्र यी कोड प्रयोग गर्नु तपाईंका लागि उचित हुनेछ ।
यस्ता छन् एन्ड्रोइड फोनका सिक्रेट कोड
*#*#4636#*#* | यो कोड फोनका महत्वपूर्ण जानकारी लिनका लागी प्रयोग गर्न सकिन्छ । जस्तै : फोनको जानकारी ब्याट्रीको जानकारी, ब्याट्रीको हिस्ट्री, युजेज स्टाटिसटिक्स र वाईफाईको जानकारी |
*2767*3855# | यदि तपाईं आफ्नो एन्ड्रोइड फोनको फ्याक्ट्री रिसेट गर्न चाहनु हुन्छ भने यो कोड प्रयोग गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको मोबाइलको सेटिङ र इन्टरनल मेमोरीमा भएका सम्पूर्ण डेटा डिलिट हुनेछन् । |
*#*#34971539#*#* | क्यामेराको जानकारी लिनका लागि यो कोड प्रयोग हुन्छ । जब तपाईंले यो कोड डायल गर्नुहुन्छ तब त्यहाँ निम्नअनुसारको मेनु देखा पर्नेछ । 1.Update camera firmware in image 2.Update camera firmware in SD card 3.Get camera firmware version 4.Get firmware update count यसमध्ये पहिलो विकल्प भने प्रयोग नगर्न सुझाव छ । किन भने उक्त अप्सनमा क्लिक गरी सेटिङ गर्दा कहिले कहीँ तपाईंको क्यामेरामै समस्या आउन सक्छ । |
*#*#7594#*#* | ‘कल इन्ड तथा पावर’ बटन परिवर्तन गर्नका लागि यो कोड प्रयोग गर्न सकिन्छ । |
*#*#273283*255*663282*#*#* | यो कोडले फोनको कपी स्क्रिन अन गर्नेछ । जहाँबाट तपाईंले आफ्नो फोनमा भएका फाइलहरुलाई ब्याकअप गरी राख्न सक्नुहुनेछ । |
*#*#197328640#*#* | यो कोड फोनको सर्भिस मोड अन गर्न प्रयोग गरिन्छ । जहाँबाट तपाईंले विभिन्न कुरा परीक्षण गर्नुका साथै विभिन्न सेटिङ परिवर्तन गर्न सक्नुहुनेछ । |
*#*#7780#*#* | यदि तपाईं आफ्नो एन्ड्रोइड फोनको फ्याक्ट्री रिसेट गर्न चाहनु हुन्छ भने यो कोड प्रयोग गर्न सक्नुहुनेछ । यो कोडले गुगल अकाउण्ट सेटिङ, सिस्टम र एप्लिकेसन डेटा तथा सेटिङ र डाउनलोड गरिएका एप्लिकेसन पूर्ण रुपमा मेटाइदिनेछ । |
डब्लूल्यान, जीपीएस र ब्लुटुथका लागि सिकरेट कोड
*#*#232339#*#* अथवा *#*#526#*#* अथाव *#*#528#*#* | डब्लुल्यान परीक्षणका लागि |
*#*#232338#*#* | वाईफाईको म्याक एड्रेस हेर्नका लागि |
*#*#1472365#*#* अथवा *#*#1575#*#* | जीपीएस परीक्षणका लागि |
*#*#232331#*#* | ब्लुटुथ परीक्षणका लागि |
*#*#232337#*# | ब्लुटुथ डिभाइसको एड्रेस हेर्नका लागि |
*#*#8255#*#* | जिटक सर्भिस मनिटर एक्टिभ गर्नका लागि |
एन्ड्रोइडका अन्य विभिन्न फिचर परीक्षणका लागि
*#*#0*#*#* | एलसीडी परीक्षण गर्न |
*#*#0673#*#* अथवा *#*#0289#*#* | एमोलेड परीक्षण गर्न |
*#*#0283#*#* | पकेट लुप ब्याक |
*#*#0842#*#* | भाइब्रेसन र पछाडिको लाइट परीक्षण गर्न |
*#*#2663#*#* | टच स्क्रिनको भसर्नका लागि |
*#*#2664#*#* | टच स्क्रिन परीक्षणका लागि |
*#*#0588#*#* | सेन्सरको प्रोक्सिमिटी परीक्षणका लागि |
*#*#3264#*#* | र्यामको भसर्न हर्नका लागि |