वीरगन्ज । कृष्णा कुशवाहा। नेपाल रेल्वेको जग्गामा बसोबास गर्दै आएका दलितहरुको बस्तीमा र वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित रेल्वेको जग्गामा बस्दै आएका दलित बस्तीको १२ वटा घरमा बिना सूचना डोजर चलेपछि स्थानिय हरुले क्षति पूर्तिको मांग गर्दै जिल्ला प्रसाशन कार्यालय पर्सामा उजूरी दिएका छन्।
वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, महानगरपालिकाका वडा नं २१का वडाध्यक्ष हबिब मियाँ र डोजर चालक सुशील सहित तीन जनाको नाम किटान गरी जिल्ला प्रसाशन कार्यालय पर्सामा उजूरी दिएका छन्।
केही दिनअघि वडा नम्बर २१ का वडाध्यक्ष हबिब मियाँकै उपस्थितिमा रेल्वेको जग्गामा वर्षौदेखि घर बनाएर बस्दै आएका १२ परिवारको घरमा प्रशासनले डोजर चलाएको थियो।
पूर्वसूचना बिना वडाध्यक्ष मियाँको निर्देशनमा आफूहरुको घरमा डोजर चलाइएको पीडितहरुले गुनासो गरेका छन।पीडितहरुले आफूहरुलाई अन्यत्र बस्ने सुविधा हुनुपर्ने माग गर्दै आज उजुरी दर्ता गराएका छन् । आफूहरुलाई घर न घाटको बनाइएको गुनासो समेत गरेका छन्।
घर भत्काइएपछि जाडोको मौसममा साना नाति–नातिनी थप विचल्लीमा परेको उनले परेका छन्। हामीहरू कहा बस्ने कहा जाने कुनै ठेकान समेत नरहेको पीडित हरुले बताएका छन्।