बारा । अभय दुबे।शहरी गरिबी निवारण मञ्चको आयोजना तथा नेपाल आराधना समाज वीरगञ्ज पर्सा र लुमन्ति आवाशकोकाे लागि सहयोग समूक कलैयाको संयुक्त सहकार्यमा शहरी गरिबी निवारण मञ्च एवम् शहरी सामुदायिक सूचना केन्द्रको भवनमा HIV परीक्षण तथा सामूहिक परामर्श कार्यक्रम सम्पन्न गरिएको छ।
शहरी गरिबी निवारण मञ्चका अध्यक्ष रबिन्द्र प्रसाद साह को अध्यक्षतामा भएको सो परीक्षण कार्यक्रम मा कलैया उपमहानगरपालिका का विभिन्न वडाका ३३ जना युवाहरु ( १६ वर्ष देखी २८ वर्ष सम्मका) को एच. आई. भी. परीक्षण गरिएको थियो।
जसमा सम्पूर्ण को नेगेटिभ आएको थियो। परीक्षण पश्चात सम्पूर्ण युवाहरुलाई सामुहिक परामर्श समेत दिइएको थियो। असुरक्षित यौन सम्पर्क नगर्न तथा असुरक्षित यौन क्रियाकलाप मा नलाग्न समेत आग्रह गरिएको थियो।
सो कार्यक्रममा आराधना समाज वीरगञ्ज पर्सा का ३ जना प्राविधिक व्यक्तिहरुले सबै युवाहरुको परीक्षण गरेका थिए। जसमा लुमन्ति कलैया का सामुदायिक सहजकर्ता सूर्य राज पासवन, मन्चका कार्यक्रम संयोजक शिवनाथ रामको सहभागिता रहेको थियो।