वीरगंज ।बेलुका ६ बजे घणटाघर नयाँ सालको शुभआगमन दिपप्रजवलन गरिएको छ । थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल सुरु भएको छ । थारू समुदायको नयाँ वर्षको स्वागतका लागि अन्तिम तयारीमा जुटेका छन् । रोजगारीका सिलसिलामा घरबाहिर भएकाहरु घर फर्किएकाले गाउँघरको वातावरण नै रमाइलो भएको छ ।
माघलाई विभिन्न ठाउँका थारू समुदायले आ–आफ्नो परम्पराअनुसार माघ, खिचरा, तिला सङ्कराइत नामले मनाउँदै आएको पाइन्छ । केही वर्षपहिले थारू समुदायका अधिकांश छोरीहरु कमलरी थिए । उनीहरु माघका दिनमात्रै छुट्टी पाउँथे त्यसैले यसलाई मुक्ति दिवसका रुपमा पनि मनाइन्छ ।
माघको तयारीमा ढिक्री, रोटी, जाँड पकाउने काम सुरु भएको श्रीपुर-१४ क़ा गीता चौधरी बताउछिन । उनका अनुसार ढिक्री, रोटी, माछा र घोँगी परिकार बनाइन्छ । माघीको सम्पूर्ण तयारी पूरा भएको छ । खानाको परिकार बनाउन भ्याइ–नभ्याइ छ । कामको सिलसिलामा घरदेखि टाढा भएका दाजुभाइ, दिदीबहिनी घरमा आउनेको सङ्ख्या बढेको छ । गाउँमा छुट्टै चहलपहल र भेटघाट भएकाले रमाइलो छ । घरको काम छिटो सकेर आरामले माघी मान्ने तयारीमा गाउँघरका आमाबुवा, दाजुभाइ, दिदीबहिनी जुटेका छन् । ‘‘वर्षभरिका लागि योजना माघमा बनाइने भएकाले पनि थारू समुदायका लागि महत्वपूर्ण छ ।
विगत बर्ष झै यस बर्ष पनि बिरगंज आदर्शनगर स्थित सि्वमिङ्ग पुलमा समारोह आयोजनाबट हुने आयोजक थारू खिचडी माघी मुूल समारोह समिति ले जनाएको छ ।आदीबासी थारू समुदायको माघी खिचडी पर्व तथा थारू समुदायको नयाँ बर्षको शुभकामना आदान प्रदान,भाषा तथा संस्कृतिको झलकका साथै माघी महोत्सव सभ्य र धुमधाम सँग मनाउने तथा राष्ट्रमा आदिबासी थारू समुदायको राजनैतिक ,समानुपातिक समावेशी प्रतिनिधित्व सहितको हुदै आएको बताएका हो ।