वीरगन्ज । नेपाल मा बर्डफ्लु भित्रन नदिन सिमा नाका मा कडाई गर्न सुरक्षा कर्मी आदेश दिएको छ । भारत को १० भन्दा बढी राज्यमा वर्डफ्लु देखा परे पछि सिमा नाका मा कडाई गरिएको छ ।पर्सा जिल्लामा एति खेर कुखुरा मासु , अन्डा को दाम बढे सँगै ब्यपारी हरूले भारतीय बजार बाट आयत गर्ने गरेको देखिएको छ । भारत बाट आयात हुने कुखू र अन्डा मा पुन रूपमा रोक लगाउन पशु क्वारेन्टाइन कार्यालय पर्सा ले निर्देशन दिएको छ ।
नेपाल पोलेटरी फार्ममा आत्म निर्भर भएको र यति खेर भारतीय कुखुरा मा बर्डफ्लु देखिएको ले यसलाई पुनः रुपमा रोक लगाउन र सेतो अन्डा भेटेने बितिक्कै नस्ट गर्न सुरक्षाकर्मीहरूलाई निर्देशन गरेका हुन् ।पशु क्वारेन्टाइन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, र सशस्त्र प्रहरी बल १३ नं गन बाट संयुक्त रुपमा आज सिमाबर्ति बजारको अनुगमन गरेको थियो । अनुगमन को क्रममा छिपहरमाई गाउँपालिकाको भिस्वा बाजार र जगरनाथपुर गाउँपालिकाको जानकीटोला बजारमा भारतीय अन्डा लुकिछिपी रुपमा बिक्री बितरन हुँदै आएको देखिएको थियो ।
भारत बाट बर्डफ्लू नेपाल भित्रिन नदिन उच्च सतकर्ताको लागि सरकारले तयारी थालेको छ । नेपालमा बर्डफ्लू संक्रमण भित्रिन नदिइन कृषि तथा पशुपन्छि विकास मन्त्रालयले पशुसेवा विभागलाई बिहिरबाट आयात हुने पशुपन्छि तत्काल नेपाल भित्रिन नदिन निर्देशन दिएको छ ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तरगतको पशुसेवा विभाग लगायत सबै सम्बन्धित निकायलाई भारत लगायतका सिमा नाकाबाट आयात हुने पशुपन्छि तत्काल रोक्न मन्त्रालयले निर्देशन दिएको हो ।
यसै अनुरूप आज पशु क्वारेन्टाइन कार्यालय पर्सा का प्रमुख डा. हरेराम यादब को नेतृत्वमा सिमावर्ति बजार भैवा, सबैठवा, भिस्वा दशैता, जानकी टोला मा अनुगमन गरिएको थियो ।
अनुगमन को क्रम मा टोलिले ३५ क्रट अन्डा , केही कुखुरा नियन्त्रण मा लिएको थियो । नियन्त्रण मा लिएको अन्डा र कुखुरा लाई सशस्त्र प्रहरी बल भिखमपूर मा नष्ट गरेको थियो ।