वीरगंज | नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा ६, मोरङमा ५, संखुवासभामा १, सुनसरीमा १, बारामा १, रौतहटमा १, सप्तरीमा २, काठमाडौँमा २२१, चितवनमा १२, दोलखामा १, धादिङमा ३, नुवाकोटमा ४, भक्तपुरमा ९, मकवानपुरमा २, रामेछापमा २, ललितपुरमा २९ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै सिन्धुलीमा १, कास्कीमा ७, गोरखामा १, तनहुँमा २, नवलपरासीपूर्वमा ४, पर्वतमा १, लमजुङमा १, अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, दाङमा ८, नवलपरासीमा २, पाल्पामा २, प्यूठानमा १, बर्दियामा १०, बाँकेमा ५१, रुपन्देहीमा १३, रोल्पामा २, दैलेखमा २, सुर्खेतमा १, कञ्चनपुरमा १, कैलालीमा ६, डडेल्धुरामा १ र बझाङमा ५ जना संक्रमित थपिएका छन्।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ।