• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    ६० विषयमा निःशुल्क सीपमूलक तालिम, यसरी दिनुहोस् अनलाइन आवेदन

  • वीरगंज संजाल
  • २८ पुष २०७७, मंगलवार ११:१४
  • ३६६१

    वीरगंज। सरकारले ६० वटा सीपमूलक, सीप अभिवृद्धि तथा उद्यमशीलता विकास तालिम सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले उद्यम व्यवसाय गर्न इच्छुक व्यक्तिहरुबाट तालिममा सहभागी हुन अनलाइन आवेदन माग गरेको हो ।

    केन्द्रले निःशुल्क रुपमा सञ्चालन हुने तालिमका लागि माघ १६ गतेसम्म आवेदन पेश गर्न आग्रह गरेको छ । मितव्ययीता र मुलुकभरबाट सहजै आवेदन दिन सकियोस् भन्ने उद्देश्यका साथ अनलाइन आवेदनको व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ ।

    साथै उक्त तालिम सञ्चालनका लागि केन्द्रले आवश्यक प्रशिक्षकको रोस्टर समेत तयार पार्ने भएको छ । त्यसका लागि योग्य व्यक्तिले सूचीमा समावेश हुन दरखास्त दिन सक्नेछन् ।

    १८ वर्ष पुरा भएका नेपाली नागरिकले तालिममा सहभागी हुन पाउने छन् । त्यसका लागि यस अघि आधारभूत तालिम लिएको कागजात र कुनै पेशा वा व्यवसायमा आवद्ध भए त्यस्तो पेशा व्यवसाय स्तरोन्नती गर्ने व्यवसायिक योजना पेश गर्नुपर्नेछ ।

    एक जनाले दुईभन्दा बढी तालिमको आवेदन दिन नपाउने केन्द्रले स्पष्ट पारेको छ । आवेदन दिने मध्ये छनौट भएका प्रशिक्षार्थीहरुलाई वेबसाइट तथा ईमेलमार्फत तालिम सञ्चालन हुने समयावधी, स्थान, मिति र समयको जानकारी गराइने बताइएको छ । तालिममा सहभागी भए वापत कुनै प्रकारको भत्ता वा सुविधा भने पाइने छैन ।

    यस्तो छ निःशुल्क तालिमको विवरण

    क्र.संतालिमको विषय तालिम अवधिछनौट हुने संख्या
    1हाउस वायरिङ२ महिना७५ जना
    2उद्यमशीलता विकास७ दिन६०० जना
    3खाद्य प्रशोधन१० दिन७५ जना
    4बेसिक प्याट्रन सिलाई२ महिना१२० जना
    5एडभान्स प्याट्रन सिलाई२ महिना९० जना
    6फेसन डिजाइन२ महिना६० जना
    7हाते इम्ब्रोइडयी२ महिना१०५ जना
    8भेर्सन इम्ब्रोइडरी२ महिना४५ जना
    9क्रिष्टल सामग्री उत्पादन१ महिना२१० जना
    10मखमल, ढाका जुत्ता, चप्पल उत्पादन१ महिना१२० जना
    11हातेकागज र फेल्ट उत्पादन१ महिना१२० जना
    12कागज वस्तु र स्क्रिन प्रिन्ट१ महिना४५ जना
    13रबर बोल्डिङ र रेजिनका वस्तु उत्पादन१५ दिन६० जना
    14बेकरी एड्भान्स१५ दिन२१० जना
    15व्यूटिसियन (बेसिक)२ महिना२१० जना
    16व्यूटिसियन (एड्भान्स)२ महिना९० जना
    17डल बनाउने१ महिना४२० जना
    18प्लम्बिङ२ महिना१८० जना
    19मोबाइल मर्मत२ महिना२१० जना
    20मोटरसाइकल मर्मत२ महिना१५० जना
    21अटो मेकानिक (गाडी मर्मत ४ चक्के)२ महिना९० जना
    22कम्प्युटर मर्मत-हार्डवेयर२ महिना१५० जना
    23पानी तान्ने मेसिन (पम्प पर्मत तालिम)१ महिना९० जना
    24कफी वारिष्टा१५ दिन२७० जना
    25बेकरी बेसिक१० दिन५१० जना
    26जाम जेली सस१० दिन२१० जना
    27आलु र केरा चिप्स७ दिन२१० जना
    28बेद बाँसका सामग्री२ महिना९० जना
    29म्याक्रोनी बनाउने७ दिन२१० जना
    30रबर स्ट्याम्प साइनबोर्ड१ महिना१२० जना
    31शपिङ ब्याग बनाउने१५ दिन२१० जना
    32स्कुल ब्याग बनाउने४५ दिन२१० जना
    33झोल साबुन बनाउने७ दिन२१० जना
    34डल्लो साबुन बनाउने७ दिन२१० जना
    35स्यानिटरी प्याड बनाउने१५ दिन२४० जना
    36कफी प्रोसेसिङ१५ दिन६० जना
    37दालमोठ७ दिन२१० जना
    38पापड७ दिन२१० जना
    39दाना पशुपन्छी१५ दिन२१० जना
    40ट्याक्टर मर्मत२ महिना६० जना
    41इन्डस्ट्रियल वायरिङ२ महिना६० जना
    42बाटेको धुप७ दिन२१० जना
    43पेपर प्लास्टिक प्लेट१५ दिन२१० जना
    44वेल्डिङ१ महिना२१० जना
    45टायल मार्वल फिटिङ२ महिना९० जना
    46टिभी मर्मत२ महिना९० जना
    47अटो मोबाइल वायरिङ२ महिना९० जना
    48फेस मास्क बनाउने७ दिन२४० जना
    49स्यानिटाइजर बनाउने७ दिन२४० जना
    50फिनेल हार्पिक७ दिन४२० जना
    51टिस्यु पेपर७ दिन१८० जना
    52मायोनेज७ दिन२१० जना
    53दुध प्रशोधन१ महिना१२० जना
    54कर्नफ्लेक्स७ दिन२४० जना
    55मोटर वायन्डिङ१ महिना९० जना
    56केराको रेसा१ महिना२१० जना
    57हर्बल सामग्री१५ दिन२१० जना
    58सोलार जडान मर्मत१ महिना६० जना
    59फ्रिज एसी मर्मत२ महिना६० जना
    60यूपीभीसी तथा अल्मुनियम फेब्रिकेटर२ महिना९० जना

    कसरी दिने आवेदन ?

    तालिममा सहभागी हुन अनलाइन आवेदन दिनु अघि आफ्नो नेपाली नागरिकता, पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, सीप अभिवृद्धि तालिमका लागि आधारभूत तालिम लिएको प्रमाणपत्र, लक्षित समूहमा पर्ने भन्ने खुल्ने कागजात र व्यवसायीक योजना साथमा राख्नुहोस् ।

    १. अनलाइन आवेदन दिन यहाँ क्लिक गरी तल दायाँतर्फ रहेको रजिस्टर बटनमा दबाउनुहोस् ।

    २. त्यसपछि ‘आई असेप्ट द युजर अग्रिमेन्ट’ मा क्लिक गर्नुहोस् ।

    ३. आफ्नो नाम, ईमेल, पासवर्ड राखेर ‘आई असेप्ट’ र ‘आई एम नट रोबोट’ मा क्लिक गर्नुहोस् अनि ‘दर्ता गर्नुहोस्’ मा जानुहोस् ।

    ४. तीन मिनेट पछि आफ्नो ईमेल चेक गर्नुहोस् । ईमेलमा आएको ‘भेरिफाई योर ईमेल एड्रेस’ लिङ्कमा क्लिक गर्नुहोस् र भर्खरै राखेको ईमेल र पासवर्ड राखेर लगईन गरी फारम भर्नुहोस् । यो ईमेल र पासवर्ड आफूसँग सुरक्षित राख्न पनि नबिर्सिनुहोस् । यसबाट तपाईंले सूचना अवधिभर आफ्नो विवरण हेर्न, प्रिन्ट गर्न तथा अपडेट गर्न पनि सक्नुहुनेछ ।

    ५. फारममा व्यक्तिगत, तालिम, शैक्षिक, अनुभव लगायतका सम्पूर्ण विवरण अनिवार्य रुपमा भर्नुहोस् र आवश्यक कागजात समेत अपलोड गर्नुहोस् ।

    ६. यति गरिसकेपछि निवेदन तथा दरखास्त खण्डमा क्लिक गर्नुहोस् र थप विवरणभरेर अप्लाईमा क्लिक गर्नुहोस् । व्यवसायिक योजनाका लागि अपलोड गर्ने वा अनलाइनमै टाइप गर्ने दुवै सुविधा उपलब्ध छन् ।

    ७. आवेदन भरिसकेपछि प्रवेशपत्र प्रिन्ट गरेर राख्नुहोस् । केन्द्रले तालिमका लागि छनौट भए नभएको सूचना आफ्नो वेबसाइटमा प्रकाशन गरी तालिम केन्द्र तोकिने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑