वीरगंज | प्रधानमन्त्री ओलीले भारतीय पत्रकार पाल्की शर्मालाई दिएको अन्तर्वार्तामा नेपाल सार्वभौम देश भएको बताएका छन् ।
उनले आफू प्रधानमन्त्रीका रुपमा जो सुकैसँग बोले पनि उही कुरा गर्ने बताएका छन् ।
पाल्कीले दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपाल एउटासँग एउटा कुरा गर्ने र अर्कोसँग अर्को कुरा गर्ने नभएको पनि बताएका छन् । ‘नेपाल यस्तो होइन,’ ओलीले अन्तर्वार्तामा भने, ‘हामी सबैसँग एउटै कुरा गर्छौँ, हामी सार्वभौम देश हौँ ।’