Birgunj sanjal | मेयर पदका उम्मेदवारहरू | Birgunj sanjal | पार्टी चुनाव चिन्ह | कुल मत |
---|---|---|---|---|
![]() | राजेशमान सिंह | ![]() | छाता | 33919 |
![]() | विजयकुमार सरावगी | ![]() | सुर्य | 17808 |
![]() | गिरीश गिरी | ![]() | हलो | 2389 |
Birgunj sanjal | उपप्रमुख पदका उम्मेदवारहरू | Birgunj sanjal | चुनाव चिन्ह | कुल मत |
---|---|---|---|---|
![]() | इम्तियाज आलम | ![]() | गाछी | 20784 |
![]() | पुरुषोतमलाल झा | ![]() | साइकल | 4792 |
![]() | बिना जैसबाल | ![]() | हलो | 3699 |
![]() | रम्भा मिश्रा | ![]() | गुलाफ | 2752 |
वीरगंज | प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या र भूगोलमा ठूलो सानो भएपनि भारत नेपालको ठूल्दाइ र नेपाल भारतको सानो भाइ हुन नसक्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूभन्दा उमेरमा जेठो भएपनि प्रधानमन्त्रीको रुपमा बराबर भएको उनले बताए ।
भारतीय टेलिभिजन जी न्यूजमा सोमवार राति प्रशारित अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दुइ देश सार्वभौमसत्ता सम्पन्न देश भएकोले ठूलो दाइ र सानो भाइ भन्दापनि सम्मानको युग भएको बताएका हुन् । भारतलाई राम र नेपाललाई लक्ष्मणसँग तुलना गर्ने कार्यक्रम प्रस्तोता सुधीर चौधरीको प्रश्न नमिलेको ओलीले टिप्पणी गरे ।
‘हामी छोटे भाइ होइनौ । भुगोलमा, जनसंख्यामा ठूलो या सानो हुन सकौला तर छोटे बढे भाइ होइनौ । एक देशको रुपमा छोटो बढे होइनौ’, ओलीले भने, ‘हामी दुइदेश सार्वभौम सत्ता सम्पन्न देश हौं, दुइ छिमेकी देश, हाम्रो सम्बन्ध पुरानो हो । अहिले उपनीवेशको युग नभइ पारस्परिक सम्मानको युग हो ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ७० वर्ष उमेरका र तपाई ६७ वर्ष उमेरको भएकोले दाइ भाइ हुँदैन भन्ने चौधरीको प्रश्नमा पनि ओलीले व्यक्तिगत सम्बन्धमा मात्र त्यसा हुन सक्ने बताए ।‘व्यक्तिगत नातामा मोदी म भन्दा जेठो हुनुहुन्छ तर दुइ प्रधानमन्त्री बस्दा ठूलो प्रधानमन्त्री र सानो प्रधामनन्त्री होइन । दुइ सार्वभौम देशका प्रधानमन्त्री हुन्कछौँ, प्रधानमन्त्रीका बराबरी हैसियत हुन्छ’ ओलीले भने ।