वीरगंज । एलन मस्कले कम्पनीका सीईओहरुलाई बैठकमा धेरै समय नफाल्न सुझाव दिएका छन् ।विश्वकै धनाढ्य व्यक्ति तथा टेस्लाका कार्यकारी अधिकारी मस्कले बिजनेस लिडरहरुले आफ्नो समय कन्फ्रेन्स रुमको छलफल र प्रेजेन्टेसनमा बिताउने गरेको र आफ्नो प्रडक्टलाई राम्रो बनाउने र नवप्रवर्तनको कामतिर ध्यान दिन नपाएको बताएका छन् ।
वाल स्ट्रिट जर्नलको सीईओ काउन्सिल वार्षिक सम्मेलनमा बिहीबार आफ्ना अनलाइन अडियन्सहरुसँग जोडिने क्रममा उनले त्यस्तो भनेका हुन् ।
‘सभा हलमा कम समय बिताउनु्होस्, पावर प्वाइन्टमा कम समय बिताउनुहोस् र आफ्नो प्रडक्टलाई सकेसम्म राम्रो बनाउने प्रयास गर्नुहोस्,’ उनले सम्मेलनमा बताए ।
मस्कले आफ्ना भाषणहरुमा अधिकांश कम्पनीहरुको सञ्चालन विधिको सधैं आलोचना गर्ने गर्छन् । यति मात्र होइन उनी सार्वजनिक रुपमा नै स्कुल ग्राजुएसन अर्थात् शैक्षिक योग्यताबाट सञ्चालन हुने कम्पनीको विपक्षमा बोल्ने गरेका छन् ।