वीरगंज | साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल ट्विटरमा एकअर्कासँग प्रतिवादमा उत्रिएका छन् ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमको विरोधमा सामाजिक सन्जालमा यस्तो रमाइलो अलिक बढी नै देखिन थालेको छ । यही क्रममा आएको हो, मिश्र र रिमालको यो वार ।
मिश्रले लेखेको एक ट्विटमा जब रिमालले उनलाई सीमामा बस्न आग्रह गरेका छन्, तब अन्य सामाजिक सन्जाल प्रयोगकर्ताले पनि रिमालको चर्को आलोचना गरेका छन् । मिश्र स्वयंले पनि रिमाललाई जवाफ फर्काएका छन् ।
पढ्नुहोस्, यी दुईका ट्विटहरुः