• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रधानमन्त्री ओलीको ‘प्लान बी’

  • वीरगंज संजाल
  • २५ पुष २०७७, शनिबार ०६:२२
  • २६३३

    वीरगंज। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई तर्साउन भित्रभित्रै रणनीति बनाउन लागेका छन् । संसद विघठनसँगै पार्टी विभाजन हुनु र संसद विघठनको विरुद्धमा प्रमुख दलले आन्दोलन गरेपछि प्रधानमन्त्री ओलीले विरोधिलाई तर्साउन विभिन्न रणनीति बनाउन लागेका हुन् । ओली संवैधानिक निकायको काममाथि प्रभावपार्ने गरी निरन्तर अभिव्यक्ति दिइरहेका छन् । निर्वाचन आयोग र सर्वोच्च अदालतलाई समेत प्रभाव पार्ने गरी उनको अभिव्यक्ति निरन्तर आउनुले ओली संवैधानिक संकट निम्त्याउनेतर्फ अघी बढिरहेको पाइएको हो ।

    ओली निर्धक्क साथ संसद पुर्नस्थापना हुदैन भनिरहेका छन् । उनले मात्र होइन सरकारमा रहेको उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा वादलले पनि निर्वाचन आयोगबाट आफ्नो समूहले नै मुलधारको आधिकारिकता पाउने, सूर्य चिन्ह पनि पाउने दावी गरिरहेका छन् । यी दावीसँगै कार्यकारीको हात लामो हुन्छ भन्ने भनाई ओली र ओली सरकारका मन्त्रीहरुले गरिरहेका छन् ।

    उच्च राजनीतिक स्रोतका अनुसार अहिले प्रधानमन्त्री ओली प्लान ए असफल भएमा प्लान बी को कसरतमा रहेका छन् । प्लान ए अन्तर्गत संविधानमा नभएको व्यवस्थामा टेकेर संसद विघठन गर्नु थियो । त्यसपछि आउने निर्वाचनमा आफ्नो बहुमत सिट सुनिश्चित गर्न उनले सबै संवैधानिक अंग र निकायलाई प्रभावित पार्ने प्रयास गरेका छन् ।

    कसैले रोक्न नसक्ने गरि अघी बढेका उनलाई अदालतले रोकेको अवस्थामा वैकल्पिक योजना अन्तर्गत प्लान बी अघी सार्ने योजनामा ओली रहेका छन्। स्रोत भन्छ,‘उहाँ अहिले सर्वोच्च अदालतमा रहेको संसद पुर्नस्थपना सम्बन्धी मुद्धालाई पछि धकेल्ने कोसिसमा हुनुहुन्छ, संसद पुर्नस्थापनाको मुद्धा किनारा लागे उहाँलाई समस्या पर्ने देखिन्छ त्यसकारण उहाँको प्लान बी अन्तर्गतको पहिलो चरणमा मुद्धालाई पछि धकेलेर लैजानु हो’, ती नेताले भने ।

    उनका अनुसार सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेमा संसदबाट आफू फालिने् डर ओलीलाई छ । आफ्नो पक्षमा बहुमत नभएको अवस्थामा बहुमतबाट फालिने संसदलाई चल्नै नदिने प्लान ओलीले सारेका छन् । यसैका लागि उनले संसद पुनर्स्थापना भएको अवस्थामा पनि संसदलाई सस्पेण्ड गर्ने वा चुनाव हुन सक्ने अवस्था नरहेको भन्दै संकटकाल लगाउन सक्ने उनी निकट स्रोत बताउँछ । संकटकाल लगाउन उपयुक्त कारण चाहिने अवस्था छ।

    त्यसका लागि स्वास्थ्य संकटकाल अब वहाना नहुने अवस्था छ। त्यसैले केहि न केहि वितण्डा मच्चिने वातावरण तयार भएपछि त्यसैलाई देखाएर संकटकाल लगाउने अवस्थामा ओली पुग्न सक्ने स्रोतको दावी छ। अहिलेसम्मको उदाहरणलाई हेर्दा राष्ट्रपतिले उनले प्रस्ताव गरेको संकटकाललाई अनुमोदन गर्न सक्ने देखिएको छ।

    पार्टी विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग यो कुर्सीमा मलाई बस्न दिइएन भने कसैलाई पनि बस्न नदिई भाचिदिन्छु समेत भन्न भ्याएका थिए। ओलीले सो बेलामा आवेगमा भने पनि अब भने उनका व्यवहार त्यसैतर्फ लक्षित हुने देखिदै गएको छ। ओलीले भने जस्तै अदालतले चुनावको लागि बाटो खोलिदिए पनि सडकमा सो निर्णयको विरुद्ध हुने प्रदर्शनलाई देखाएर संकटकाल लगाई निर्वाचन सार्नेतर्फ नै उनी उद्यत हुने देखिन्छ। अहिले वादललाई फकाउने ओलीले राजनीतिक प्रतिवेदन लेख्नका लागि जिम्मेवारी समेत दिएका छन् ।

    वादललाई राजनीतिक प्रतिवेदन समेत लेख्न लगाएर पार्टीभित्र खुशी बनाउदै मुलुकमा संकटकालका लागि तयारी गर्न सुरक्षा निकायका प्रमुखहरुसँग समेत छलपल गर्न वादललाई समेत सहभागी गराएको स्रोतको दावी छ । ‘प्रधानमन्त्री ओलीले यसबीच प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानीरिक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानीरिक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग अलग अलग भेटघाट गरेका छन्’, स्रोतले भन्यो । सुरक्षा निकायका प्रमुखहरुको नियमित भेटघाट भने पनि अहिले भने देशभरको सुरक्षा अवस्थाको बारेमा प्रधानमन्त्रीले जानकारी लिइरहेको स्रोतको दावी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑