वीरगंज | एक इराकी न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेका छन्।इरानका शक्तिशाली कासिम सुलेमानीको हत्याको मुद्दामा सो पक्राउ पुर्जी जारी गरिएको हो।सुलेमानीको एक वर्षअघि बग्दादमा हत्या भएको थियो। जसको आदेश ट्रम्पले दिएका थिए।
योजनाबद्ध हत्याको अभियोगमा सो पक्राउ पुर्जी जारी भएको हो। यस्तो अपराधको दोषीलाई इराकमा मृत्युदण्डको सजाय दिइन्छ।ट्रम्प पक्राउ पर्ने सम्भावना नभए पनि यसको प्रतीकात्मक अर्थ भने हुनेछ।निर्वाचन हारेका ट्रम्प आफ्नो कार्यकालको अन्तिम दिन नजिकिँदै गर्दा आन्तरिक संकटमा फस्दै गएका छन्।
बुधबार ट्रम्पको उक्साहटमा दक्षिणपन्थी अतिवादीहरुले वासिङ्टनस्थित संसद् भवनमा दंगा मच्चाएका थिए। जसमा चार जनाको ज्यान गएको छ। एजेन्सी