एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९ ) को कारण यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ७८ लाख ५७ हजारभन्दा बढी संक्रमित भएका छन् । जसमा १८ लाख ९५ हजारभन्दा बढीको मृत्यु भएको वल्डोमिटरको तथ्याङ्कले देखाउछ । यसैगरी ६ करोड ३३ लाख भन्दा बढी उपचारपछि निको भएका छन् ।
यसैयिबच कोरोना महामारी फैलन थालेपछि जापानको राजधानी टोकियोमा एक महिना लामो संकटकाल घोषणा गरिएको छ । शुक्रबारदेखी लागू हुने संकटकाल कोरोनाको संक्रमण दरलाई रोक्नको लागि अपनाईएको साबधानीको रुपमा बुझ्न प्रधानमन्त्री योशिहिडा सुगाले आग्रह गरेका छन् ।
राजधानी टोकियोमा बिहिबारमात्र २५ सय बढी सक्रमित देखिएका छन् भने जापानभर ६ हजारबढी नया कोरोना संक्रमित देखिएका छन् । जापानमा हालसम्म २ लाख ५८ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । जसमध्ये ३७ भन्दा बढीको मृत्यु भएको छ भने २ लाख १० हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।