• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतले पुल नखोल्दा छोराले बुवालाई दिन पाएनन् दागबत्ती, महाकाली पारिबाटै हेरिरहे जलिरहेको चिता

  • वीरगंज संजाल
  • २३ पुष २०७७, बिहीबार ००:३१
  • ३६८५

    दार्चुलाका शिक्षक कैलाशबहादुर चन्दको मंगलबार साँझ ५ बजे निधन भयो। हिमालय मावि हुतीका स्थायी शिक्षक रहेर रिटायर्ड भई कान्छी श्रीमतीसँग दार्चुलामा बस्दै आएका थिए चन्द। जेठी श्रीमती पारि भारतको पिथौरागढमा बस्छिन्। श्रीमानको निधनको खबर पाएसँगै जेठीले आफ्ना छोरालाई दाहसंस्कारमा सहभागी हुन दार्चुला पठाइन्। जेठी श्रीमतीका छोरा (नाम खुलेको छैन) बुवाको दाहसंस्कार तथा काजकिरियाका लागि खबर पाउनेवित्तिकै हिँडे।

    छोरा आउने भनेर दाहसंस्कारको समय बुधबार बिहानलाई तोकिएको थियो। छोरा बिहानै धारचुलास्थित महाकाली पुलनजिक आइपुगे। नेपाल र भारतका प्रशासनबीच भएको सहमति अनुसार सातामा दुई दिन बुधबार र शनिबार पुल बिहान १० देखि ३ बजेसम्म खुल्नुपर्ने हो। संयोगले आज बुधबार सहमति अनुसार पुल खुल्ने दिन। पिथौरागढबाट बिहानै पुलको गेटमा पुगेका छोराले खलंगा आउन भारतीय अधिकारीहरुसँग पहल गरे। तर सकेनन्। पहल गर्दा नभएपछि १० बजे खुल्ने पर्खाइमा बसे। १० बज्यो पुल खुलेन। फेरि उनले भारतीय अधिकारीहरुसँग हारगुहार गरे, खुलेन। दिउँसाको १२ बजिसक्यो गेटमा कुर्दा, पत्र बनाइदिने भनियो। तर बनेन्। खलंगाबाट आफन्तले फोन गरेर छिटो आउन भनिरहेका थिए। उनैलाई कुरिरहेका थिए।

    तर गेट खुले पो जानु। १२ बजेपछि मौसममा बदलाव आयो। पानी पर्लाजस्तो हुन थाल्यो। अनि मलामीहरु अब रोक्नहुन्न, मौसम विग्रिए दाहसंस्कार नै प्रभावित हुन्छ भनेर अगाडि बढे। पारि गेटमा कुरिरहेका छोरालाई खबर गरे। साढे १२ बजेपछि महाकाली किनारमा दाहसंस्कार सुरु भयो। गेटमा रहेका छोरा पारीतिरबाट दाहसंस्कार हुने ठाउँतिर आए। तर नदी पारी उभिएर हेरे। पिथौरागढबाट बुवालाई अन्तिम बिदाइ तथा दागबत्ती दिन आएका उनले पारिबाट हेरेरै चित्त बुझाउनुपर्‍यो। दागबत्ती दिन पाएनन्। डेढ बजेमात्रै भारतीय अधिकारीले पुलको ताला खोले। अनिमात्रै छोरा दौडिएर खलंगा आए। दागबत्ती दिन नपाए पनि किरिया बस्नबाट भने उनी वञ्चित भएनन्।

    यो सबै घटनालाई नियालिरहेका थिए दार्चुलाका पत्रकार भोजराज जोशी। निधन भएका शिक्षकसँग राम्रो चिनजान भएकाले मलामी आएका छोरालाई नाका रोक्दा जोशी दु:खी पनि छन्।

    ‘डेढ बजेपछि पुल खुलायो। चन्दका छोरा विहानैदेखि कुरिराखेका थिए। पुल खुलाउन भारतसँग पहल गर्दै थिए। भारतले ढिलो गर्‍यो। मौसम प्रतिकूल हुँदै पानी पर्ने जस्तो भयो। साढे १२ बजे मलामी दाहसंस्कारका लागि गए। भारतले ढिला गर्‍यो। व्यापारिक प्रयोजनका लागि भने अहिले खुल्यो। सर्वसाधारण आवतजावतका लागि खुल्यो। तर मृत्यु संस्कार जस्तो संवेदनशील घडीमा खुलेन,’ उनले भने।

    पत्रकार जोशीले पुल खोल्ने कुरामा भारतीय मनपरी रहेको सुनाए। ‘कहिले १० बजे नै खोल्छ। कहिले साढे १२ बजे खोल्छ। इण्डियालाई जतिबेला मन लाग्छ त्यही बेला खोल्छ। भारतीय दबदबा छ। यहाँ भोटेहरुको बाहुल्यता छ। भारतीय प्रशासनमा उनीहरुकै मान्छे छन्। उनीहरुको श्राद्ध भए पनि खुल्ने, मान्छे बिरामी भए खुल्ने, मलामी भए खुल्ने, सामान ल्याउन खुल्ने। अब हामीहरु कोही भएन,’ उनले भने।

    पत्रकार जोशीका अनुसार यो तस्रो घटना हो मृत्यु संस्कारमा सहभागी हुँदा सहजै आउन नपाएको। ‘एक महिनाअघि एक जना बडाल थरका व्यक्ति पनि मलामी जान पाएनन्। उनका आफन्त महाकाली पारि भारतमा बितेका थिए। भारतीय प्रशासनले पुल खोल्न नमान्दा जान पाएनन्। त्यतिखेर पनि मलामीबाट बञ्चित भए। व्यापारिकभन्दा पनि मलामी मानवीयताका हिसाबले महत्व हुनुपर्ने हो। उनीहरुलाई नै पहिले पठाइदिए हुन्थ्यो भन्ने हो।’

    दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने यो घटनाबारे आफूहरुलाई जानकारी नभएको बताए। ‘खोइ हामीलाई कसैले केही भनेको छैन। यहाँ निवेदन हाल्यो भने हामी उता पठाउँछौं। आज त आइराछन् मान्छे। अहिले त पुल खुल्या छ,’ उनले भने।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑