• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गुणस्तरहीन सडक बनाउने ठेकेदारको पैसा रोक्छौँ : खाँडादेवी गाउँपालिका अध्यक्ष

  • वीरगंज संजाल
  • २२ पुष २०७७, बुधबार २१:३१
  • २७१७

    रामेछाप | रामेछापको खाँडादेवी गाउँपालिकाको सडकको कालोपत्रे गर्ने जिम्मा लिएको निर्माण कम्पनीलाई दिने भुक्तानी रोक्ने भएको छ । सित्खा, भिरपानी हुँदै गोगनपानी जाने सडकको कालोपत्रे गर्ने क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरेका व्यवसायीलाई दिने भुक्तानी रकम गाउँपालिकाले रोक्ने भएको हो ।

    सडक निमार्ण गर्ने कम्पनीले सम्झौताअनुसारको सामग्री प्रयोग नगरि कमसल सामग्री प्रयोग गर्दा निमार्णको क्रममा नै सडक भत्किएको पाइएको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताउनुभयो । सडक निर्माण गर्ने कम्पनीलाई भुक्तानी नदिन वाग्मती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।

    ‘सडक निमार्णका क्रममा ठेक्का पाएको कम्पनीले अन्यन्तै गुणस्तरहीन सामग्री प्रयोग गरेको पायौँ । सडक निमार्ण भएको एक हप्ता नबित्दै भत्किन सुरु गरेको छ । स्थानीयले सडकमा कमसल सामग्री प्रयोग गरेको भन्दै व्यवसायीको चर्को आलोचना गरेका थिए । पछि गाउँपालिकाले जिल्ला समन्वय समितिको संलग्नतामा अनुगमन गर्दा अवस्थाका बारेमा थाहा भयो’, उहाँले भन्नुभयो ।

    कम्पनीलाई पटक–पटक सचेत गराउँदा समेत नमानेकाले भत्किएको सबै संरचना निर्माण गर्नुपर्ने र बाँकी काम गुणस्तरयुक्त नभएसम्म मन्त्रालयले दिने सबै रकम तत्काल रोकिदिन गाउँपालिकाले निर्णय गरेर मन्त्रालयमा पत्र पठाएको अध्यक्ष तामाङले बताउनुभयो ।

    वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २३ करोड ७४ लाख ३४ हजार आठ सय २७ रुपैयाँको लागतमा भिरपानीको सित्खा हुँदै खाँडादेवी गाउँपालिका केन्द्रसम्म जाने सडक कालोपत्रे गर्न लुम्बिनी आत्रेय जेभीले जिम्मा पाएको थियो ।

    सडक निमार्णका क्रममा ठेकेदार कम्पनीले गाउँपालिकाका प्रतिनिधिहरुलाई छल्दै सब–बेस र बेस राख्ने क्रममा त्यहीँ सडक खन्दा निस्किएको माटो प्रयोग गरेको र त्यहीँ माटोमाथि नै अलकत्रा छर्किएर कालोपत्रे गरेको पाइएको छ । कालोपत्रे तीन दिनमा नै उप्किन थालेको छ भने सडकको छेउमा निमार्ण गरिएको नालासमेत भत्किएको खाँडादेवी गाउँपालिका ३ भिरपानीका अर्जुन खड्काले जानकारी दिनुभयो ।

    ‘हामीले सडकमा प्रयोग भएका सबै सामग्री कमसल छन् भनेर पटक–पटक गाउँपालिका र जिल्ला समन्वय समितिमा समेत भन्यौँ तर हाम्रो कुरा सुनुवाइ नै भएन । हामीले जानकारी गराएपछि पालिकाका प्रमुखहरू आएर एक/दुई पटक अनुगमन गरे जस्तो गरेर फर्किए । व्यवसायीले भने आफ्नै सुरमा काम गर्दै गए । निमार्ण गरेजति सबै सडक अत्यन्तै कमजोर छ’, खड्काले गुनासो गर्दै भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑