ठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौं उपत्यकामा प्रदर्शन गरेको छ। सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको हो ।
राजधानीको भृकुटीमण्डपबाट राप्रपाका नेता तथा कार्यकर्ताले हिन्दू राज्य र राजतन्त्रको पक्षमा र्याली निकालेका हुन्। अहिले र्याली रत्नपार्क पुगेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार केहीबेरमा सभा सुरु हुँदै छ। आजको सभालाई राप्रपाका तीनवटै अध्यक्ष कमल थापा, पशुपति शमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्नेछन्।