बीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।
ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड(नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिनुभयो । प्रदेश २ मा नेकपाको ३२ जना सांसद रहेका छन् ।
यसमध्ये २० जना आफूहरुको पक्षमा रहको प्रचण्ड(नेपाल पक्षको दाबी छ । कुल ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिनुभयो ।
आइतबार बस्ने संसदीय दलको बैठकमा अविश्वास प्रस्ताव दर्ता हुने र नेता मण्डलले त्यसमा फेस गर्न नसके तत्कालै हटाइने सांसद महतोले पत्रकारहरु समक्ष बताएका छन् ।