बारा । अमरेस कुमार पाण्डेय। बारा प्रहरीले नियन्त्रणमा लिएको खसी बोका खोस्न जादा स्थानिय ब्यापारी बिच र प्रहरी बिच झडप भएको छ। तेलकुआ चैकी मा दिउँसो महिलाहरु सोध्न जादा त्यहा को प्रहरी कार्यालय को प्रहरी सहायक निरीक्षक रामनरेश यादवले प्रहरी लाइ भिडाइ महिला हरु लाई कुटपिट गरेका छन्। ३जना महिला घाइते भएका छन्।
सुवर्ण गाउँ पालिका को वडा ८ अध्यक्ष सैबुलाह मिया कुजडाले प्रहरी कार्यालय तेलकुआ मा गयर सोध्दा त्यहा को प्रहरी वाडा अध्यक्ष लाई नियन्त्रणमा लिई कुटपिट गरेका थिए।
त्यसतै सुवर्ण गाउँ पालिका को बर्ष २८ की सजहान खातुन लाइ हात खुट्टा अनुहार मा चोट लागेको छ। त्यसतै बर्ष ५५की लालबिबी खातुन लाइ खुट्टा ढाड मा चोट लागेको छ। बर्ष १५ को अतितु रहमान लाई ढाडमा चोट लागेका छ। बर्ष ४० को मेराजुल मिया लाई खुट्टा मा चोट लागेको छ सुवर्ण गाउँ पालिका को अध्यक्ष महेन्द्र प्रसाद यादव त्यहा पुगेको थिएँ र प्रदेश न २ साशद बच्चा प्रसाद यादव समेत नेकपा माओवादीका केन्द्रीय सदस्य रामबाबु यादव लगायत अन्य धेरै जना को सहभागिता थियो।
त्यहा को जनता ले तेलकुआ चैक मा बाटो अवरुद्ध गरी प्रहरी को ज्यादती चल्दैन भन्ने नारा लगाएका थिए। खसी बोका लाई ल़ोकल गाडीमा हालेर प्रहरी ले जिल्ला प्रहरी कार्यालय बारा मा न बुझाउने मनसायले सरकारी गाडी को प्रयोग न भएको वाडा अध्यक्ष सैबुलाह मिया ले जानकारी दिनुभयो। सुवर्ण गाउँ पालिका मा घरी घरी प्रहरीले ज्यादति गरेका छन् सुवर्ण गापा को अध्यक्ष महेन्द्र प्रसाद यादव ले जानकारी दिए।
प्रहरी बिच र जनता बिच दोहोरो झडप हुँदा प्रहरी हबल्दार शिव कुमार साह समेत घाइते भएका छन् । प्रहरी प्रतीकार मा त्यहा स्थानियले खसी बोका खोसेर लगेका छन्। प्रहरी चौकी को खाने पानी धारा फर्निचर समेत ध्वस्त गरेका छन्।