वीरगंज । आजभोली सोसल मिडियामा हरेक दिन केहि न केहि कुरा फेमस बनिरहेकै हुन्छ । सोसल मिडियाबाटै मानिसहरुको लोकप्रियता बढ्ने गर्दछ, यसै कारण उनीहरु फेमस पनि बन्ने गर्दछन् ।
ईरानमा एउटा यस्तै घटना अहिले अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा ईरानको आकाशबाट भेन्टाको वर्षा भएको देख्न सकिन्छ । भेन्टा हामी शब्जी बनाएर खाने गर्दछौँ ।
भिडियोमा एक व्यक्ति हाँसीरहेको देख्न सकिन्छ । केहि समय पछि आकाशबाट भेन्टाको वर्षा हुन थाल्दछ । उक्त मानिस आकाशबाट भेन्टाको वर्षा भएको अनौठो दृष्य हेरिराख्छन् ।
सडकमा गुडिरहेका गाडीहरु पनि भेन्टाको वर्षा हेर्न थाल्दछन् । तर यो कमेडी भिडियो थियो । उक्त भिडियो ईरानका केहि व्यक्तिहरु मिलेर बनाएका थिए ।
उनीहरुले बताएको ईरानी पुलीसले उक्त भिडियो बनाउनेहरु ५ जनालाई पक्राउ गरेको छ । उनीहरुले सोधपुछका क्रममा एक रिसर्चका लागि गरेको बताएको पुलिस अधिकारीहरुले बताएका छन् ।
गल्तीले उक्त भिडियो सोसल मिडियामा अपलोड भएको उनीहरुले बताएका छन् ।