बीरगंज। कृष्णा प्रसाद कुशवाहा । संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले पकहामैनपुर गा पा को मधुबनी मा प्रदर्शन गरेको छन । असंवैधानिक, अलोकतान्त्रिक एवम् स्वेच्छाचारी तरिकाले प्रतिनिधि सभा विघटन भएको भन्दै जसपाले प्रधान मन्त्री र राष्ट्रपतिको पुत्ला जलाएर विरोध प्रदर्शन गरेको छन ।
पकाहा मैनपुर गाउँपालिका को सबैठवाबाट सुरु गरिएको विरोध प्रदर्शन खेश्रहा, लाहावर थकरी , पाँकाहाहुँदै मधुबनी चौकमा आएर कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीले असंवैधानिक अलोकतान्त्रिक कदम खारेज गर, केपी ओली तेरो पाराले दुःख पायो साराले लगायतका नाराबाजीसमेत गरेका थिए ।
आन्दोलनमा सहभागी नेता कार्यकर्ताहरुले लोकतन्त्र, गणतन्त्र र संघीयतामाथि प्रहार भएको बताएका छन् । संघीय परिषद सदस्य शिवजी प्रसाद सोनी राष्ट्रपति र प्रधानमन्त्री मिलेर जनतालाई धोका दिएकोले विरोध गर्नुपरेको बताए ।उनले असंवैधानिक कदमको विरोधमा चरणबद्ध आन्दोलन हुने र प्रतिनीधि सभा पुनर्स्थापना नहुँदासम्म संघर्ष जारी रहने दाबी गरे ।
निर्वाचनमा जाने बेला नै नभएको बताउँदै उनले चुनाव गराउने कुरा प्रधानमन्त्रीको नाटकमात्रै भएको दाबी गरे । ‘प्रधानमन्त्रीले भने अनुसार अहिले चुनाव हुन गइरहेको छैन । उनी तानाशाही प्रवृत्ति लाद्ने कोसिस गरिरहेका छन्, हामीले त्यसलाई तोड्नुपर्छ,’ उनले भने, ‘देशलाई बन्धक बनाएर एकतन्त्रीय शासन चलाउने कोसिस भइरहेको छ । देशमा संकटकाल लगाउने तयारी भइरहेको छ । जनताले त्यसको विरोध गर्नुपर्छ ।’
जसपाका जिल्ला सदस्य कुस्मी देवीले जनताले पाँच वर्षका लागि संसद गठन गरेकोले त्यही कार्यान्वयन हुनुपर्नेमा जोड दिनु भयो ।
बिरोध प्रदर्शनमा पार्टीका संघीय परिषद को सदस्य शिवजी प्रसाद सोनी,जिल्ला सदस्य तथा गाउँपालिका उपाध्यक्ष कुस्मि देवी, रामबाबु चौरसिया,नवल पटेल, गोविन्द यादव,गोपाल बैठा लगायत अन्य थुप्रै मानिस हरुको सहभागिता रहेको थियो । भने जसपा का कार्यकर्ता फरिन्द्र चौहान ले बताएका छन।