• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रत्येक २५ सकृय संक्रमितमध्ये एकजना आइसीयू वा भेन्टिलेटरमा

  • वीरगंज संजाल
  • १० पुष २०७७, शुक्रबार ११:४१
  • २३१३

    वीरगंज । नेपालमा प्रत्येक २५ जना सकृय कोरोना भाइरस संक्रमितमध्ये एक जना आइसीयू वा भेन्टिलेटरमा उपचाररत रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सकृय संक्रमित सात हजार तीन सय ८४ जना मध्ये दुइ सय ९८ जना आइसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसमध्ये दुइ सय ४८ जना आइसीयु र ५० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

    जसअन्तर्गत् प्रदेश एकमा १७ जना आइसियु र एक भेन्टिलेटरमा, प्रदेश दुईमा सात जना आइसियु र चार जना भेन्टिलेटरमा, बागमती प्रदेशमा ९७ जना आइसियु र २९ जना भेन्टिलेटरमा, गण्डकीमा ७८ जना आइसियु र एघार जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४१ जना आइसियु र तीन जना भेन्टिलेटरमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ६ जना आइसियु र दुइ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा दुइ आइसियुमा छन् ।

    देशभर हाल चार हजार एक सय १९ कोरोना संक्रमित होम आइसोलेसनमा छन् । कुल सक्रिय संक्रमितमध्ये चार हजार एक सय १९ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । बाँकी तीन हजार तीन सय ९६ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।

    प्रदेश एकमा दुई सय २१, प्रदेश दुइमा २८, बागमती प्रदेशमा एक हजार नौ सय जना गण्डकी प्रदेशमा ६ सय ५६, लुम्बिनी प्रदेशमा सात सय ३०, कर्णालीमा एक सय ६ र सुदूरपश्चिम प्रदेशमा चार सय ७८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

    यस्तै, विहिवार देशभर कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या सात सय ३९ रहेको छ । हालसम्म कुल संक्रमित दुइ लाख ५६ हजार पाँच सय ९२ जना मध्ये दुइ लाख ४७ हजार चार सय जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितको ९६ दशमलव ४१ प्रतिशत संक्रमणमुक्त भएका हुन् । विविहार कोरोना भाइरस संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार आठ सय आठ पुगेको छ ।

    देशभर विहिवार ६ सय १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । प्रदेश एकको इलाममा एकजना, ओखलढुंगामा एकजना, झापामा १२, धनकुटामा एकजना, पाँचथरमा एकजना, भोजपुरमा एकजना, मोरङमा १३, सुनसरीमा १४ जनामा कोरोना भेटिएको छ ।

    प्रदेश दुइको महोत्तरीमा तीन जना, सप्तरीमा दुइ र सिराहामा एकजनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, बागमती प्रदेशको काठमाडौंमा एक सय ९९ जना, काभ्रेमा ३०, चितवनमा दुइ ,दोलखामा एकजना, धादिङमा एकजना, नुवाकोटमा चार, भक्तपुरमा १८, मकवानपुरमा ६, रामेछापमा दुइ, ललितपुरमा २७, र सिन्धुपाल्चोकमा तीन जनामा कोरोना देखिएको छ ।

    गण्डकी प्रदेशको कास्कीमा ४३, गोरखामा एकजना, तनहुँमा नौ, लमजुङमा चार, र स्याङजामा सात जनामा कोरोना पुष्टि भएको छ । यस्तै, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा चार, कापिलवस्तुमा तीन, दाङमा दुइ, नवलपरासीमा चार, पाल्पामा दुइ, बर्दियामा ६, बाँकेमा १५, रुकुम पूर्वमा एकजनान र रुपन्देहीमा ३७ जनामा कोरोना पाइएको छ ।

    यस्तै कर्णाली प्रदेशको कालिकोटमा एकजना, दैलेखमा एकजना, सुर्खेतमा चार जना, र हुम्लामा एकजनामा कोरोना भेटिएको छ । सुदूरपश्चिम प्रदेशको अछाममा तीन, कञ्चनपुरमा ४२, कैलालीमा ५७, डडेल्धुरामा आठ, डोटीमा एकजना,दार्चुलामा पाँच, बझाङमा एकजना, बाजुरामा एकजना र बैतडीमा पाँच जनामा कोरोना देखिएको छ ।

    विहिवार काठमाडौं उपत्यकामा दुई सय ४४ जन कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार विहिवार काठमाडौंमा एक सय ९९, ललितपुरमा १८ र भक्तपुरमा २७ जनालाई कोरोना संक्रमण देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑