ॐएउटा शब्द मात्र नभएर आफैंमा पूरा ब्रह्माण्ड हो । हिन्दु धर्ममा यसलाई अत्यन्त पवित्र चिह्नका रूपमा लिइन्छ । ॐलाई शान्तिको प्रतीक मानिन्छ । यो साधारण धार्मिक चिह्न होइन । यसले त धर्म, अर्थ, काम र मोक्ष सबै दिलाउँछ ।
ॐको उच्चारण गर्दा ब्रह्माण्डमा लुकेका सबै ऊर्जालाई आफूमा समाहित गर्न सकिन्छ । यसो गर्दा मानसिक विकार टाढा भाग्छन् । ॐको महत्व हिन्दु धर्मले मात्र स्वीकार गरेको नभई सबैले यसलाई महत्वपूर्ण मान्छन् ।