• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    शुक्रबारबाट हल खुला, पुरानै फिल्म प्रदर्शन हुँदै

  • वीरगंज संजाल
  • ८ पुष २०७७, बुधबार ०९:५१
  • ६२५

    Shares

    वीरगंज। शुक्रबारबाट सिनेमा हल खोल्ने तयारीमा यतिबेला हल सञ्चालकहरू जुटिरहेका छन् । जसका लागि उनीहरूले अहिले हलको सरसफाइदेखि रंगरोकन समेत गरेका छन् । कोरोना भाइरसको संक्रमणका कारण गत फागुनको अन्तिम साताबाट नेपालमा सिनेमा हल बन्द भएको थियो । अहिले पनि सरकारको अनुमतिबिना नै उनीहरूले सिनेमाहल खोल्न लागेका हुन् ।

    सिनेमा हल बन्द भएको १० महिना बितिसक्दा पनि सरकारले हल खोल्न हुनै सहयोग नगरेपछि आफूहरू हाल खोल्न बाध्य भएको हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताएका छन् ।

    यसरी, शुक्रबारबाट सिनेमा हल खुल्ने भए पनि हलमा नयाँ फिल्म भने दर्शकले हेर्न पाउने छैनन् । एक वर्षअघि रिलिज भएका फिल्म नै पुन सिनेमा हलमा प्रदर्शन गर्न लागिएको छ । दर्शकहरूलाई अहिले हल खोलिएको जानकारी दिनको लागि पुरानै सिनेमा रिलिज गर्न लागिएको चलचित्र संघका अध्यक्ष मधुसूदनको भनाइ छ ।

    गत वर्ष प्रदर्शन हुँदा हुँदै रोकिएको चलचित्र आमा र अर्को चलचित्र सेन्टी भाइरसलाई यतिबेला सिनेमा हलमा रिलिज गर्न लागिएको छ । प्रदर्शनको क्रममा रोकिएका दुई नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ शुक्रबारबाट पुनः प्रदर्शन गर्ने तयारी भएको चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले बताएका छन् ।

    यसै प्रसंगमा संघका अध्यक्ष प्रधानले भने, ‘अहिलेको अवस्थामा एकातर्फ निर्माताहरूले नयाँ चलचित्र दिएका छैनन् भने अर्कोतर्फ सिनेमा घरमा दर्शकको चाप हुने अवस्था छैन । सोही कारण पनि हामीले हलमा प्रदर्शन भइसकेका नेपाली चलचित्रलाई पुनः प्रदर्शन गर्दै छौं ।’ प्रधानका अनुसार मल्टिप्लेक्स सिनेमा हलमा यी दुई नेपाली फिल्मसँगै हलिउड फिल्म ‘मुलान’ र ‘ब्लडसट’ प्रदर्शन गरिने भएको छ ।

    चलचित्र आमालाई गत वर्ष दर्शकले रुचाएका हुन् । दीपेन्द्र के. खनालको निर्देशन रहेको यो चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्माको मुख्य भूमिका रहेको छ । आफूहरूकाले चलचित्र पुनः प्रदर्शन गर्न लागिएकोमा निर्देशक खनालले खुसी व्यक्त गरेका छन् । यो फिल्म गत वर्ष केही हलमा प्रदर्शन हुँदाहुँदै हल बन्द भएको थियो ।

    यता रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘सेन्टी भाइरस’लाई मा सीताराम कट्टेलले निर्माण गरेका हुन् । सीतारामसँगै यो चलचित्रमा, कुञ्जना घिमिरे, दयाहाङ राई, सन्दीप क्षत्रीसहितको मुख्य भूमिका रहेको छ ।

    सरकारले फिल्म क्षेत्रलाई बेवास्था गरेको भन्दै गएको साता नेपाल चलचित्र संघले पुष १० गतेबाट सिनेमा हल खोल्ने स्वघोषणा गरेको थियो । संघको निर्देशनमा हल सञ्चालकहरूले सिनेमा हल खोल्न लागेको हुन् । कोरोना संक्रमणविरुद्ध आफूहरू उच्च सुरक्षा सिनेमा हलमा अपनाउने पनि हल सञ्चालकहरूको कथन छ । हल सञ्चालकले ५० प्रतिशत दर्शक राखेर सिनेमा हल चलाउँदै छन् ।

    तथापि, हल सञ्चालनमा सरकारले अनुमति दिएको छैन । सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे गिरफ्तारी दिन तयार रहेको संघका महासचिव शर्माले बताएका छन् । बाँकी हल सञ्चालकहरूले पनि आफूहरू गिरफ्तारी दिन तयार रहेको बताएका छन् ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्
  • जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?
  • संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्
  • आज आइतवार- ११ माघ २०७७ को राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    चितुवाको आक्रमण प्रयासबाट मोटरसाइकलमा सवार २ जना घाइते

    जिल्ला ट्राफिक प्रहरीकार्यालय पर्साद्वारा जनचेतनामुलक कार्यक्रम सम्पन्न

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    समाचार
    News

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    News

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    News

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    News

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    News

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑