वीरगंज | वास्तुशास्त्र प्राचीन विज्ञान हो । यसले घर कसरी निर्माण गर्नुपर्छ भन्ने ज्ञान सिकाउँछ। वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। यस्तो घरमा बस्दा उत्साह, उमङ र उल्लासको अनुभूति हुन्छ्र वास्तुशास्त्रमा घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने जानकारी दिइन्छ। वास्तुशास्त्र अनुसार सुत्ने कोठामा यी गल्तीहरु भने गर्न हुँदैन ।
सबै मानिसलाई सुत्ने कोठामा आउन नदिनुहोस्
घरमा आएका जो कोहीलाई सुत्ने कोठामा नलैजानुहोस् । पाहुनाहरुलाई अतिथी गृह वा ड्राइङ रुममा नै राख्नुपर्छ । यदि अरुलाई आफ्नो बेडमा सुताउनु भयो भने बेडबाट नेगेटीभ उर्जा प्राप्त हुन्छ । जसबाट पति पत्नीमा फाटो आउँछ ।
वास बेसीन
प्रायस् मनिसहरुलाई आफ्नै कोठामा वास बेसीन लगाउन मनपर्छ । तर यस्तो गर्नाले पति पत्नी वीच विश्वास कम हुदै जाछ । यदि तपाईको कोठामा पनि वास बेसीन खुला छ भने त्यसलाई पर्दाले छोप्नुहोस् ।
सिसा
सुत्ने कोठामा बेड देखिने गरी सिसा नलगाउनुहोस् । यस्तो गर्नु निकै नराम्रो मानिन्छ । जसले गर्दा सम्बन्धमा फाटो आउन सक्छ ।
काडेदार विरुवा वा फूलहरु
सुत्ने कोठामा कहिल्यै पनि काडेदार विरुवा वा फूलहरु नराख्नुहोस् । यदि राख्ने चाहना छ भने दुई वटा गमला र त्यसमा सुन्दर फूलहरु राख्नुहोस् ।
जुत्ता चप्पलहरु
बेडमुनी जुत्ता चप्पलहरु कहिल्यै पनि नराख्नुहोस् । यस्तो गर्नाले बेडमा सुत्नेहरुको दुर्भाग्य बढ्छ ।
बिजुलीका उपकरणहरु
बिजुलीका उपकरणहरु कहिल्यै पनि बेडमुनी राख्नुहुदैन । यी सामानहरु बेडमुनी राख्नाले झगडा भईरहन्छ ।