• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अनलाइन पढाउन नमान्नेलाई हटाउने तयारी

  • वीरगंज संजाल
  • ८ पुष २०७७, बुधबार ०८:०१
  • २२४९

    वीरगंज | कोरोना भाइरस फैलिने त्रासले काठमाडौं महानगरपालिकाले विद्यालय खुल्न दिएको छैन । अनलाइन कक्षा जारी राखेको दरबार हाईस्कुल व्यवस्थापन केही शिक्षकबाट भने हैरान छ । अनलाइन कक्षा चलाउन तालिमसँगै ल्यापटपसमेत दिए पनि मोबाइल अफ राखेर सम्पर्कमै आउन नमान्नेका कारण हैरान भएको हो ।

    समितिले त्यस्ता शिक्षकलाई अन्यत्र सरुवा गर्ने तयारी गरेको छ । भूकम्पपछि चीन सरकारले निर्माण गरिदिएको हाईस्कुलको अत्याधुनिक भवन कात्तिक पहिलो साता उद्घाटन भएको थियो । नयाँ संरचनापछि स्थानीयस्तर र बाहिरबाट भर्ना हुन आउने विद्यार्थीको चाप छ । ‘भवन नयाँ भए पनि कक्षामा राखेर पढाउन नपाउँदा अनलाइन कक्षा चलाउनुपरेको छ । शिक्षकलाई ल्यापटप र केही वद्यिार्थीलाई मोबाइल दिइएको छ,’ विद्यालय व्यवस्थापन समिति सदस्य परिवेशमान वज्राचार्यले भने, ‘अनलाइन कक्षा सुरु भएको दुई महिना भयो । केही शिक्षक–शिक्षिकाले तालिम र साधन लिए पनि कक्षा लिइरहेका छैनन्, मोबाइल अफ गरेर बसेका छन् ।’ अध्यापनको नयाँ पद्धतिमा जान नमान्नेका हकमा अन्यत्र सरुवा गर्नेबारे छलफल भइरहेको उनले बताए ।

    दरबार हाईस्कुलमा भानु र संस्कृतसहितका दुई विद्यालय छन् । भानुमा साधारण धारतर्फ बाल कक्षादेखि १० कक्षासम्म पढाइ हुन्छ । संस्कृततर्फ ६ देखि १२ सम्मका कक्षा छन् । नयाँ संरचनाअनुसार प्रत्येक कक्षामा ३६ जना विद्यार्थी क्षमता छ । कोभिड–१९ पछि विद्यालय नखुले पनि पुस पहिलो सातासम्म विद्यार्थी भर्ना कार्य जारी छ ।

    भानुकी सहायक प्रधानाध्यापक शारदा पौडेलका अनुसार बाल कक्षामा ११ जना बालबालिका छन् । ६ देखि ९ कक्षासम्म विद्यार्थी कोटा पूरा भइसकेको छ । ‘सीमित सिट क्षमताका कारण धेरै विद्यार्थी भर्ना लिनै सकेनौं,’ आठ कक्षामा १६ जना विद्यार्थी भर्ना लिन नसकेको उनले बताइन् । ‘अरू तल्ला कक्षामा १७ जनादेखि ३० जनासम्म भर्ना भइसकेका छन् । अनलाइन कक्षा जारी राखेका छौं तर प्रावि तहका केही शिक्षक सम्पर्कमा आएका छैनन्,’ उनले भनिन् । भानुमा १८ जना शिक्षक छन् । तीमध्ये मावि तहका ८, निमाविका ३ र प्राविका ७ जना छन् । शिक्षकले दैनिक ४ पिरियड अनलाइन कक्षा पढाउँदै आएका छन् ।

    अनलाइन शिक्षण तालिम लिएका तर कक्षा पढाउन आलटाल गर्ने शिक्षकलाई अन्यत्र सरुवा गर्ने तयारी गरिएको व्यवस्थापन समितिले जनाएको छ । ‘उहाँहरू अनलाइन मात्र होइन, विगतमा नियमित कक्षा सुचारु हुँदासमेत आलटाल गर्ने गरेको रेकर्ड पाएका छौं,’ व्यवस्थापन समितिका अध्यक्ष गोपाल महर्जनले भने, ‘अब एकपटक अन्तिम मौका दिन्छौं । नसुध्रिने हो भने महानगरपालिकामार्फत् अन्यत्र सरुवा गर्ने प्रक्रिया अघि बढ्छ ।’

    भानुको व्यवस्थापन समितिले ९ कक्षासम्म अंग्रेजी माध्यमबाट पठनपाठन, कक्षा ४ देखि ८ सम्म रोबोटिक शिक्षाको प्रबन्ध गरेको छ । अर्को वर्षदेखि पूर्ण रूपमा मन्टेसरी शिक्षा लागू गर्ने तयारीमा छ । त्यसैगरी संस्कृत माविमा कक्षा १० सम्म १ सय ४६ विद्यार्थी भर्ना भएका छन् । कक्षा ११ मा ६५ र कक्षा १२ मा ९१ विद्यार्थी पढ्छन् । सबैभन्दा थोरै कक्षा ६ मा १३ जना मात्र विद्यार्थी भर्ना भएको प्रधानाध्यापक शिवराज अधिकारीले बताए । कतिपय विद्यार्थी किताब लिन र अनलाइन कक्षा पढ्न पाइने भएकाले दुई ठाउँ भर्ना भएको पनि खुलेको छ । १७ जना शिक्षक छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑