वीरगंज। पुराना एन्ड्रोइड फोनबाट कतिपय वेबसाइट ब्राउजर गर्दा देखिने एरर (त्रुटि) अब हट्ने भएको छ । लेट्स इन्क्रिप्टले आफ्नो सर्टिफाई प्रदान गरेको सबै वेबसाइट अब सेप्टेम्बर २०२१ देखि सबै पुराना एन्ड्रोइड फोनमा पनि चल्ने भएका छन् ।एक तिहाई पुराना फोनहरुमा यस किसिमको वेबसाइटले काम नगर्ने समस्या देखा पर्दै आइरहेको थियो |
अब आगामी वर्षको सेप्टेम्बर १ देखि २०१६ का एन्ड्रोइड ७.१ वा त्योभन्दा पुरानो भर्सनका एन्ड्रोइड फोनले कुनै पनि वेबसाइटमा एक्सेस पाउन लेट्स इन्क्रिप्टबाट सर्टिफाइड सेक्योर सकेट लेयर एसएसएल, ट्रान्सपोर्ट लेयर सेक्युरिटी टीएलएस प्रयोग गर्नुपर्दैन ।
यसअघिसम्म लेट्स इन्क्रिप्टको वास्तविक रुट सर्टिफिकेट आइडेन ट्रस्ट जस्तो सर्टिफिकेट अथोरिटीको क्रस सिग्नेचरमा निर्भर थियो । आइडेन ट्रस्टले जारी गरेको डीएसटी रुट एक्स थ्री आगामी सेप्टेम्बर १ देखि एक्सपायर हुँदैछ ।
अब लेट्स इन्क्रिप्टको आफ्नै रुट सर्टिफिकेट आइएसआरजी रुट एक्स वान छ । तर एन्ड्रोइडको ७.११ र त्यसअघिका भर्सनहरुले लेट्स इन्क्रिप्टको यो सर्टिफिकेटलाई विश्वास नगर्ने चिन्तासमेत व्यक्त भएका छन् । यसैकारण एचटीटीपीएस कनेक्सन प्रदान गर्न लेट्स इन्क्रिप्टको डिजिटल सर्टिफिकेटमा निर्भर हुने धेरै वेबसाइटहरुले वेबसाइटमा कम एक्सेस पाउनसक्ने छन् ।