वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरिरहेका छन्।
निर्धारित समयभन्दा १५ मिनेट ढिलो सुरु भएको सम्बोधनका क्रममा ओलीले प्रतिनिधि सभा विघटन अनपेक्षित भएको तर आफूसँग विकल्प नभएको बताएका छन्।
प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।