वीरगन्ज । राजन कुमार बानिया । तराईमा बढेको चिसो कुहिरो र शितलहर चलेसँगै बढेको चिसोको कारण बालबालिका,सुतकेरी, र बृद्ध हरलाई जनजीवन प्रभाबित बनेका छन। ग्रामिण क्षेत्र हरुमा ठाउँ ठाउँमा चिसो बाट बचनको लागी आगो बाले बुढापाखा र बालबालिका हरुले जिउ तताउने काम गरिरहेका छन। अहिले तराई मा चिसो बाट बचनको लागी न्यानो कपडाको बिक्री बढेको ब्यपारी हरुले जनाएका छन।
तराईमा एकासी बढेको चिसोको कारण निजि तथा सरकारी बिधालय हरु पठन पाठन गरिरहेका स्कुले बालबालिका हरु लाई बिषेश समस्या देखिएको श्री कालि प्रसाद लाखे माध्यमिक बिधालय लंगडीका प्रधानाध्यापक मदन साहले जनाएका छन। कोरोना का कारन थप रहेको बिधालय हरु धेरै दिन पछी बिधालय खोले पनी टाडा टाडा घर बाट पढन अाउने बालबालिका हरुलाई धेरै समस्या देखिएको छ।
बढेको चिसोको कारण गाउँ घर का बृद्ध बृद्धा हरु चिसो बाट आगो बालेर जान जोगाउन बाध्य रहेको लंगडी का बंतिलाल साह कलवार ले जनाए का छन। यसतो जाडो को सम्य मा मोटो कपडा लगाउन ,घर बाट बाहिर नजान,घरमा बसी आगो बालेर तापने र बालबालिका, सुत्केरी महिला,र बृद्ध हरु मा चिसो मा ध्यान दिन को लागी लंगडी का जिर्जोधन साह ले अाग्रह समेत गरेका छन।
चिसो बढेको कारण अहिले सम्म स्थानिय निकाय र समबनधित निकाय ले कुनै पहल नगरेको गोनासो स्थानिय बृद्ध महिला जग्गा दास बनिया ले जनाए का छन । अहिले सम्म स्थानियतह र बिपद ब्यथापन समित ले दाउरा लगायत अन्य समाग्री हरु को ब्यवस्थापन गर्न नसकेको स्थानिय हरु को गुनासो रहेको छ।