वीरगन्ज ।बिरगंज महानगरका मेयर बिजय कुमार सरावगीको सौजनयमा सुवर्णपुरमा निशुल्क आँखा शिबिर सम्पन्न । ठोरी ५ को सुवर्णपुरमा निशुल्क आँखा शिबिर आज सम्पन्न भएको छ । बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगीको ब्याक्तिगत आर्थिक सहयोगमा सम्पन्न शिविरमा ठोरी र जीराभवानी गाउँ पालिकाका २४८ जनाले आँखा जाँच गराएका छ्न ।
जाँच गराउने मध्ये ७५ जनामा मोतियाबिन्दुको समस्या रहेको र उनीहरुको निशुल्क अपरेसन गरिने पनि माट्रीका आइ फाउन्डेसनले जनाएको छ ।माट्रीका आइ फाउन्डेसन बिरगंजका महेश सिंह धामी सहितको टोलीले आँखा जाँच गरेका हुन ।
शिविरको उद्घाटन कार्यक्रममा बोल्दै मेयर सरावगीले आफ्नो पिताले पनि यस किसिमका सामाजिक सेवा गर्दै आएको स्मरण गर्दै आफुले पनि त्यसैको निरन्तरता स्वरुप शिविर संचालन गरेको बताउनु भयो ।
जसपा ठोरीका संयोजक राम बहादुर पाख्रीनको सभापतित्वमा सम्पन्न कार्यक्रममा जसपाका पर्सा जिल्ला उपाध्यक्ष जरी लामाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
युवा नेता चन्द्र नेवारले सहजीकरण गर्नु भएको कार्यक्रमका बिशिस्ट अतिथिहरुमा जसपा का केन्द्रिय सदस्य मोहनलाल चौधरी, पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने, माट्रीका आई फाउन्डेसनका संचालक महेश सिंह धामी, ठोरी ५ का वडाध्यक्ष राम बहादुर पाख्रीन, युवा नेता बिमल प्रधान लगायतको उपस्थिति रहेको थियो ।