• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा कोरोना खोप : खरिद, भण्डारण, ढुवानी र वितरण

  • वीरगंज संजाल
  • २ पुष २०७७, बिहीबार २२:०८
  • ३२८५

    वीरगंज | कोरोना भाइरसको महामारीयता विश्वमा यसको उपचार र खोपमा व्यापक अध्ययन र अनुसन्धान सुरु भएको छ । फलस्वरूप खोपमा केही सफलता हात लागेका छन् । अहिलेसम्म ५९ खोप विभिन्न चरणमा अध्ययनका क्रममा छन् । पछिल्लोपटक चर्चामा रहेको फाइजर खोपलाई बेलायत, अमेरिका, कुवेत र मेक्सिकोले आपत्कालीन प्रयोग र बहाराइन, क्यानडा र साउदी अरेबियाले सबैमा प्रयोग गर्न मिल्ने गरी अनुमति दिएका छन् । यो खोप तीन हप्ताको फरकमा दुई डोज सुईमार्फत छालाभित्रको मासुमा दिनुपर्छ । यो खोपको भण्डारण माइनस ७० डिग्री सेल्सियसमा गर्नुपर्छ । त्यस्तै, अर्को चर्चामा रहेको मोडर्नाको खोपलाई चार हप्ताको फरकमा दुई डोज नै लगाउनुपर्छ । यसको भण्डारण माइनस २० डिग्री सेल्सियसमा छ महिनासम्म गर्न सकिन्छ । यी दुवै खोपले कति समयसम्म काम गर्छन् भन्ने अझै अध्ययनकै विषय भए पनि धेरै देशले अग्रिम खरिद गरिसकेका छन् ।

    छिमेकी मुलुक भारतले अक्सफोर्ड र अस्ट्राजिन्का भन्ने कम्पनीको ५० करोड डोज अग्रिम बुकिङ गरेको छ । नेपालमा पनि यी खोपको उपलब्धता, पहँुच र वितरणबारे बहस सुरु भएको छ । सरकारले समिति नै बनाएर काम थालेको छ । जनस्वास्थ्यमा रोकथाममा मुख्य भूमिका खेल्ने खोपको प्रभावकारिताका लागि बहुआयामिक दृष्टिकोणबाट विश्लेषण गरिनुपर्छ ।

    सन् १७९६ मा बेलायतका एडवार्ड जेनरले बिफरविरुद्ध पत्ता लगाएको खोप नेपालमा सन् १८१६ देखि दिन सुरु भए पनि देशव्यापी रूपमा यसको प्रयोग धेरैपछि मात्र सुरु भयो । सन् १९६२ मा बिफरविरुद्धको खोपको अभियान काठमाडौंबाट सुरु गरेर सन् १९६७ मा देशैभरि विस्तार गरियो । फलस्वरूप नेपालमा बिफरको बिरामी सन् १९६२ यता भेटिएको छैन । विक्रम संवत् २०३४ (सन् १९७७) को नेपाली नयाँ वर्षको अवसर पारेर नेपालमा बिफर उन्मूलन भएको घोषणा गरिएको थियो ।

    त्यसको केही वर्षपछि नेपालमा विस्तारित खोप कार्यक्रमअन्तर्गत तीनवटा भ्याक्सिनबाट सुरु भएको कार्यक्रम अहिले ११ वटा एन्टिजिनमार्फत दादुरा, भ्यागुते रोग, लहरेखोकी, धनुषटंकार, हेपटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा, रुबेला, जापानिज इन्सेफ्लाइटिस, पोलियो, क्षयरोगलगायतका रोगविरुद्ध नि:शुल्क रूपमा सरकारले दिने गर्छ । त्यसयता नेपालले खोपको कभरेजमा राम्रो प्रगति गरेको छ । तर कोरोना भाइरसका सन्दर्भमा हामीले त्यही सफलता दोहोर्‍याउन सक्छौं कि सक्दैनौं, यो हाम्रा रणनीतिहरूले निर्धारण गर्छन् । खोपको खरिद, भण्डारण, ढुवानी र वितरण कसरी अगाडि बढ्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छन् ।

    नेपालजस्ता गरिब देशहरूले भ्याक्सिन आउनेबित्तिकै खरिद गर्न चुनौतीपूर्ण अवश्य छ । पहिलो कुरा, कोरोना भाइरसको महामारी विश्वभर नै फैलिएकाले माग र आपूर्तिमा केही समय सन्तुलन नहुने देखिन्छ । धेरै देशले उत्पादन क्षमताभन्दा धेरै मात्रा बुक गरिसकेका छन् । ठूलो जनसंख्यालाई लगाउनुपर्ने भएकाले यसमा सरकारले ठूलै लगानी गर्नुपर्ने देखिन्छ । नेपालमा अहिलेसम्म खोप खरिदमा खासै सन्तोषजनक प्रगति देखिँदैन । नेपालको नियमित खोप कार्यक्रममा समावेश खोपहरू प्राय: अनुदानमा आउने भएकाले पनि खोपको खरिदमा हाम्रो खासै अनुभव नहुनु अस्वाभाविक होइन । अहिले पनि नेपालका ६०–७० प्रतिशत खोपहरू अनुदानमै आउने गर्छन् ।

    कम विकसित देशहरूमा खोपको आपूर्तिका लागि काम गर्ने संस्था गाभीले विश्व स्वास्थ्य संगठनलगायतसँग मिलेर स्थापना गरेको कोभ्याक्समार्फत केही मात्रामा भ्याक्सिन आउने सम्भावना भए पनि तुरुन्तै उनीहरूले नेपालमा खोप पठाइहाल्छन्जस्तो देखिन्न । पठाए पनि त्यो निकै कम मात्रामा आउनेछ । हामीले सीमित मात्रामा खोप ल्याउन सक्ने भएकाले कसले कसरी र कहाँ खोप पाउने भन्ने स्पष्ट निर्देशिका बनाउन जरुरी छ ।

    भ्याक्सिन खरिदजत्तिकै ध्यान यसको भण्डारण र ढुवानीमा पनि पुर्‍याउनुपर्ने देखिन्छ । अहिलेसम्म सरकारले प्रदान गर्ने खोपहरू सामान्य बरफका प्याकेटहरू राखेर ढुवानी गर्न सकिने भए पनि अहिले बजारमा आएका कोरोनाका लागि लगाउने खोपहरू अति नै चिसो तापक्रममा भण्डारण र ढुवानी गर्नुपर्छ, जुन अहिले उपलब्ध कोल्ड चेनबाट सम्भव हुँदैन । यसका लागि आवश्यक पूर्वाधार तयार गर्नुपर्छ ।

    खोपको खरिद, भण्डारण र ढुवानीको व्यवस्थापनले मात्र सबैले खोप लगाउन पाउँछन् भन्ने हुँदैन । बच्चाहरूमा लगाइने खोपको अवस्था नेपालमा सन्तोषजनक भए पनि वयस्क व्यक्तिहरूमा लगाइने खोपको अवस्था भने ठ्याक्कै त्यस्तो छैन । उदाहरणका लागि, जम्मा ६६५ गर्भवती महिलाले कम्तीमा दुईपटक टिटानसको सुई लगाउने गरेका छन् । निमोनिया, फ्लु खोपलगायत त सरकारको नियमित खोप सेवामा समावेश पनि छैनन् । त्यसैले नेपालमा खोप आउनेबित्तिकै सबैले लगाउँछन् भन्ने हुँदैन । अझ कोरोनाको सन्दर्भमा खासगरेर बूढाबूढी र दीर्घरोगीहरूलाई प्राथमिकतामा राखेर खोप दिनु चुनौतीपूर्ण छ । एकभन्दा बढीपटक लगाउनुपर्ने भएकाले चुनौती अझ बढी थपिन्छ । समुदायस्तर (वा घर) मै पुगेर कोरोनाको खोप दिन सकिएन भने कभरेज निकै कम हुने सम्भावना छ । ‘हर्ड इम्युनिटी’ कै लागि पनि कम्तीमा ६० देखि ७० प्रतिशत जनसंख्यालाई खोप लगाउनु जरुरी हुन्छ, जुन सजिलो छैन । यसका लागि गाउँगाउँसम्म व्यापक तयारी गरिनुपर्छ ।

    नेपालमा समुदायस्तरसम्म फैलिएका प्राथमिक चौकी, स्वास्थ्य चौकी, खोप क्लिनिक र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आजैदेखि राम्रोसँग परिचालन गर्न योजनाहरू बनाइनुपर्छ । प्रदेश सरकारहरूको क्षमता अभिवृद्धि, आवश्यक पूर्वाधार र जनशक्तिको उचित व्यवस्थापन गर्नु जरुरी छ ।

    नेपालमा कोरोनाविरुद्धको खोप ढिलोचाँडो अवश्य आउँछ । तर अरूकै मुख ताकेर जहिले अनुदानमा दिन्छन् तहिले लगाउने कि आफ्नै पहलमा तुरुन्तै लगाउन सुरु गर्ने ? बिफरको खोप लगाउन वर्षौंवर्ष कुर्नुपरे पनि नेपालमा अनुदानकै खोप आउन केही वर्षभन्दा बढी कुर्नु नपर्ने देखिन्छ । जति नै प्रयास गरे पनि तुरुन्तै सबैले कोरोनाको भ्याक्सिन पाउने वा यसले सबैलाई बचाउने भन्ने हुन्न । त्यसैले जनस्वास्थ्यका मापदण्डहरू पालना गरिरहनुपर्छ । परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसनलाई पनि सँगसँगै लानुपर्छ । हामीले नचाहे पनि कोरोना भाइरस हाम्रो बीचमा केही समय रहिरहने निश्चितै छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑