• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जको बहुअरीमा हिमाल वाटरपार्क एण्ड भिलेज रिसोर्ट सञ्चालनमा

  • वीरगंज संजाल
  • २ पुष २०७७, बिहीबार २१:०६
  • ३९४९

    वीरगन्ज | वीरगन्जका व्यवसायी सुनील खेतानको एक अर्ब रुपैयाँ लगानीमा वीरगन्ज–१४ बहुअरीमा हिमाल वाटरपार्क एण्ड भिलेज रिसोर्ट सञ्चालनमा आएको हो। प्रदेश न . २ मै एक मात्र पाँचतारे रिसोर्ट वीरगन्जमा सञ्चालनमा आए पछि पर्यटक र स्वदेशी पाहुनालाई वीरगन्ज बसाई अब सहज हुने भएको छ।भारतको चर्चित होटल ब्रान्ड क्लार्कको व्यवस्थापकीय जिम्मेवारी लिएको रिसोर्टमा ६० वटा आरामदायी कोठा, १५ सयदेखि २ हजार व्यक्ति अट्न सक्ने कन्भेन्सन हल, डेढ सयदेखि ३ सयजना अट्ने चारवटा व्यवस्थित सभा हल, स्वीमिङ पुल, क्यासिनो, ओपेन एयर थियटर पार्क, ओपेन एयर किचेन, पार्किङ्ग स्थल, बगैंचा लगायत संरचना निर्माण गरिएको छ।

    हाल रिसोर्टमा जन्मदिन, वैवाहिक वर्षगाँठ, वैवाहिक कार्यक्रमको बुकिङ खुला गरिएकोमा एक सातामा ५ वटा सम्म कार्यक्रम सम्पन्न भएको संचालक खेतानले बताए। व्यवस्थापकीय पक्षको जिम्मा लिएको क्लार्कले १५ जना कर्मचारी नियुक्त गरेको छ भने रिसोर्टले नेपाली ५० जनालाई प्रत्यक्ष रोजगार दिने प्रारम्भिक चरणको तयारी थालेको उनको भनाइ छ।३ वर्षअघिदेखि निर्माण सुरु गरिएको यो रिसोर्ट दुई बिघामा फैलिएको सञ्चालक खेतान बताउँछन्। नारायणी सिँचाइ डिभिजन नं ५ गण्डक बहुअरीभन्दा ७ सय मिटरपूर्व अवस्थित रिसोर्टले एक सातादेखि कन्भेन्सन हल र रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ।

    वीरगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्षसमेत रहेका खेतानले यसअघि कागज उद्योग र एफ एम रेडियोमा लगानी गरेका थिए। वीरगन्जमा सुविधा सम्पन्न रिसोर्टको आवश्यकता महसुस गर्दै भारतको क्लार्क ब्रान्डले लखनउको पाँच तारे होटल अवधबाट जारी राखेको होटल फ्रेन्चाइजसँग नेपालमा पहिलो अन्तर्राष्ट्रिय चेन होटलको रूपमा हिमाल वाटर पार्क एन्ड भिलेज रिसोर्टलाई अनुबन्धित गरिएको उनको तर्क छ।सम्पूर्ण सञ्चालनको जिम्मा चर्चित ब्रान्ड क्लार्कलाई नै दिने गरी होटलको गुणस्तरीयमा ध्यान दिइएको खेतानले बताए। क्लार्कको पहिलो विदेशी प्रडक्ट भएकाले पनि अन्तर्राष्ट्रियस्तरको रिसोर्टको सुविधाले नेपाली ग्राहक तथा देश घुम्न आउने पर्यटकले सेवा सुविधाबाट फाइदा लिन सक्ने उनको आशा छ।

    वीरगन्जमा अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत सञ्चालन हुने दियालो लड्र्स प्लाजापछि यो दोस्रो लगानीको होटल पार्क हो। दियालोमा भारतीय फ्रेन्चाइज लड्र्स प्लाजाले प्रबन्धन हेर्दै आएको छ। जसमा वीरगन्जका उद्योगी तथा नेता अनिल रुँगटाको लगानी छ। उक्त होटल चार तारे मापदण्डमा एक वर्षदेखि सञ्चालनमा छ।तीन वर्षको अथक प्रयासपछि अहिले निर्माणको अन्तिम चरणमा हिमाल वाटर पार्क एण्ड भिलेज रिसोर्टमा ६० वटा कोठा सहितको होटल ब्लकको काम जारी गरिएको व्यवस्थापकको भनाइ छ।

    आगामी ८ महिनामा होटल पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने खेतानले बताए। उनका अनुसार होटल ब्लक बनेपछि रिसोर्ट परिसरमा चार वटा एक्जुकेटिभ स्विट्स, आठवटा एक्जुकेटिभ कोठा, आठ वटा स्विट्स, २६ वटा किङ र फुल फ्लेज्ड रेस्टुरेन्ट सञ्चालनमा आउनेछ। पूर्ण रुपमा रिसोर्ट सञ्चालनमा आएपछि साढे ४ देखि ७ हजारसम्ममा आरामदायी कोठा बुक सुरु गर्ने रिसोर्टको तयारी रहेको संचालक खेतानले बताए।ग्लोबल आइएमई बैंकले ऋण उपलब्ध गराएको रिसोर्टले काठमाडौंपछि वीरगन्जमा स्तरीय रिसोर्ट सञ्चालनमा ल्याएको संचालकको दाबी छ। प्रदेश २ मा बिहार, उत्तरप्रदेश तथा अन्य राज्यबाट वैवाहिक कार्यक्रम तथा अन्य औद्योगिक प्रयोजनका लागि आउने पर्यटकलाई पनि लक्ष्य गरी होटल क्लार्क पार्क निर्माण गरिएको संचालक खेतानले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑