जनकपुरधाम । धनुषामा अत्याधिक जाडोसँगै हुस्सुका कारण टयाक्टर अनियन्त्रित भई एकको मृत्यु भएको छ।दुर्घटनामा विदेह नगरपालिका वडा नम्बर ५ मुडिबा बस्ने ३५ वर्षीय दिलिप पासवानको मृत्यु भएको प्रहरीले जनाएका छन।
सहिदनगर नगरपालिकाको हठीपुरबाट नम्बरको टयाक्टर चलाएर आफ्नो घर फर्किदै गर्दा १ त ६९६३ नम्बरको टयाक्टर पल्टिदा उनको मृत्यु भएको हो।अत्याधिक हुस्सुका कारण टयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। मृतक पासवानको शव प्रोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।