• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कांग्रेसको अबको बाटो

  • वीरगंज संजाल
  • २९ मंसिर २०७७, सोमबार २२:५०
  • २२६१

    वीरगंज | देशको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस अहिले सडकमा छ । ससद्को चुनावमा निकै कम स्थानमा विजयी भएपछि नै कांग्रेस सडकमा पुगेको थियो । संसदीय दलका नेताले नै सदनको उपेक्षा गरेकाले संसद्मा प्रमुख विपक्षी भएर पनि कांग्रेस प्रभावहीन हुनपुगेको हो । आज मंसिर २९, २०७७ का दिन भने नेपाली कांग्रेस नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारको ‘सर्वसत्तावादी रवैया’विरुद्ध विरोधमा सडकमा उत्रेको छ । पार्टीको आन्तरिक कलहका कारण चुनावपछि कहिल्यै एक जुट हुन नसकेको कांग्रेसलाई यसरी एक ढिक्का भएर सडकमा उत्रन भने सरकारी व्यवहारले उक्साएको हुनुपर्छ । नत्र, नेपाली कांग्रेस विशेषगरी शेरबहादुर देउवा सभापति भएपछि सरकारसँग मिलेर भागबन्डा गर्नमै बढी लालयित देखिएको थियो । धन्न ! दमौलीमा सरकारले अवरोध गरेकाले कांग्रेसहरू एक भएर विरोधमा लागे ।

    कांग्रेसका शीर्ष नेताहरू आपसी कलहमा व्यस्त थिए । महाधिवेशनको मिति घर्किन लागिसक्ता पनि उनीहरू सानातिना विवाद निकालेर पार्टीकै अस्तित्व संकटमा पर्नेगरी बखेडा झिक्तै थिए । सभापति देउवा पार्टीको अस्तित्व र प्रभावभन्दा आफ्नो पदको सुरक्षामा प्रवृत्त देखिएका छन् भने उनका विरोधीहरूको ध्याउन्न पनि पार्टीको हितभन्दा आफ्नो स्वार्थको सुरक्षा रहेको देखिएको छ । यसैले सरकारबाट आजित र असन्तुष्ट जनता विपक्षप्रति आकर्षित हुन पनि नसकेका हुन्् । बरु, सरकार र विपक्षबाट जनता बिमुख भएको मौका लोकतन्त्र विरोधहरूले छोप्न थालेका छन् । यस्तो अवस्थामा प्रमुख विपक्षी दल सडकमा जाँदा संविधानका पक्षमा वातावरण बन्छ । तर, संसद्् लामो समयसम्म बन्द राखिएको र कोभिड—१९ को संक्रमण नियन्त्रण भइनसकेको अवसरमा सडकमा उत्रेर कांग्रेस पनि अरू पार्टीहरूजस्तै जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार देखिएको छ । सरकारको विरोधमा शक्ति प्रदर्शन गर्नु कांग्रेसका निम्ति आवश्यक पनि थियो होला तर जनस्वास्थ्यमा भने अरू पार्टीले जसरी खेलबाड नगरेको भए हुन्थ्यो ।

    दमौली घटना नभएको भए सायद कांग्रेस यसरी राष्ट्रव्यापी जनप्रदर्शनमा उत्रने पनि थिएन । बरु, संवैधानिक निकायमा नियुक्तिमा भागबण्डा गर्न सभापति देउवाको बढी रुचि देखिएको थियो । दुई दिनपछि सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्न लागेको पार्टीका सभापतिले प्रधानमन्त्री निवासमा गएर छलफल गर्दा नै कांग्रेसको रणनीतिक कमजोरी उजागर भएको थियो । अन्तिम समयमा संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने जनाउ दिएर सभापति देउवाले गरेको यो गल्ती सच्याए । यसले देशभरका कार्यकर्तालाई सरकारविरुद्ध सडकमा उत्रन हौसला मिलेको हुनुपर्छ । कोभिड—१९ को संक्रमण फैलने जोखिम हुँदाहुँदै पनि देशभर सडकमा उत्रेका कार्यकर्ताको हौसला कायम राख्न सकेमात्र नेपाली कांग्रेसले सरकारलाई जनताप्रति उत्तरदायी बनाइराख्ने विपक्षको उत्तरदायित्व पूरा गर्नसक्नेछ । अब, कांग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भनेर समाजका विभिन्न समूहसँग छलफल थाल्नु उचित हुनेछ । सडकमा चर्को आन्दोलन गर्ने यो सही समय होइन । कांग्रेसको देशव्यापी प्रदर्शनबाट सरकार सच्चिने हो भने व्यवस्थाविरुद्ध आन्दोलन गर्नेहरूलाई कसैले पनि धम्क्याउनु पर्नेछैन । जनता स्वयंले तिनको उपेक्षा गर्नेछन् । तर, सरकार वा कांग्रेस सुध्रिने र जनउत्तरदायी हुने अपेक्षा गर्नु मूर्खता ठहरिने सम्भावना नै बढी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑