वीरगंज । रौतहट बमकाण्डका अर्का अभियुक्त महताब आलमलाई जिल्ला अदालत रौतहटको आदेश अनुसार आइतवार पुर्पक्षको लागि गौर कारागार चलान गरिएको छ ।
आज जिल्ला अदालत रौतहटको इजलास नं. ६ को बहसपछि न्यायाधीश मणिराम न्यौपानेले पुर्पक्षको लागि महताबलाई जेल चलानको आदेश गरेका हुन् ।
रौतहटको राजपुर फरहदवा बमकाण्डमा अभियुक्त पूर्वमन्त्री एवं निलम्बित सांसद आफताब आलम यसअघि नक्खु जेलमा परिसकेका छन् । आफताबका भाइ महताब आलमले घाइतेहरूलाई ट्याक्टरमा राखेर इ“टाभट्टामा ज्यू“दै जलाएको आरोप लगाइएको छ । उनलाई प्रहरीले मङ्सिर २२ गते पक्राउ गरेको थियो ।