• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    नौ महिनापछि काठमाडौँ–दिल्ली उडान

  • वीरगंज संजाल
  • Dec 13, 2020, 4:59 pm
  • ३४८५

    कोभिड, महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ। आगामी पुस २ गतेदेखि काठमाडौं–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो ।

    काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।

    नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन् । नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण विसं २०७६ चैत १० (२३ मार्च सन् २०२०) गतेदेखि काठमाडौँ–दिल्ली उडान स्थगित भएको थियो । कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब छ महिनापछि गत भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएको थियो । कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । यही मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।

    भारतीय दुतावासले जारी गरेको एयर ट्रान्सपोर्ट बबल अवधारणाअनुरुप नेपाल एयरलाइन्सले उडान सञ्चालनको सम्पूर्ण तयारीका साथ बुकिङ खुला गरिसकेको छ । भारतीय एयरलाइन्सले पनि आजदेखि काठमाडौँ उडानका लागि बुकिङ शुरु गरेको जनाएको छ ।

    काठमाडौँ–दिल्ली हालका लागि आगामी पुस २ गतेदेखि दैनिक दुई उडान गर्नेगरी बुकिङ शुरु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल एयरलाइन्सले काठमाडौँबाट दिल्ली एक उडान र इण्डियन एयरले दिल्लीबाट काठमाडौँ एक उडान भर्नेछन् । यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ ।भारतसहित नेपालबाट हुने सबै अन्तरराष्ट्रिय गन्तब्यमा उडान खुला गरिएको प्राधिकरणले जनाएको छ । अहिले बङ्गलादेश, भूटान र थाइल्याण्डले काठमाडौँ उडान गरेका छैनन् अरु सबै गन्तब्यमा उडान सञ्चालन भइरहेको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले १६ मुलुकका गन्तव्यमा अन्तररष्ट्रिय उडान भर्दै आएका छन् । नेपाल एयरलाइन्सले काठमाडौँ–दिल्ली उडानको तयारी तीव्र पारेको छ । नेपाल एयरलाइन्सको अन्तरराष्ट्रिय उडान गन्तब्यको व्यापारिक हिसाबले भारतका गन्तब्य निकै राम्रो मानिन्छ । लामो समय उडान नहुँदा निगमलाई आर्थिकरुपमा निकै घाटा भएको छ । सामान्य अवस्थामा काठमाडौँ–दिल्ली दैनिक दुई उडान हुन्थ्यो । कोभिड महामारीकैबीच अहिले दैनिक एक उडान हुनलागेको हो ।

    नेपाल एयरलाइन्सको उडान समय काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ११ः२० का लागि उडान तालिका निर्धारण गरिएको छ । बिहान ११ः०० बजेका लागि उडान अनुमति मागेकामा २० मिनेट ढिलागरी भारतीय पक्षबाट उडान अनुमति दिएको नेपाल एयरलाइन्सले जनाएको छ । यो गन्तब्यको उडानमा नेपाल एयरलाइन्सका वाइडबडी ए–३३० र वाइडबडी ए–३२० जहाजले आलोपालो गरेर उडान भर्नेछन् । यात्रुको मागबमोजिम दुवै जहाजले उडान गर्ने योजना रहेको नेपाल एयरलाइन्सका प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिइन्।

    भारतले आयोजना गरेको बबेल अवधारणाबाट निगम निकै उत्साहित भएर उडानको तयारी सकेको भन्दै प्रवक्ता श्रेष्ठले भारतका अन्य दुई गन्तब्यमा पनि विगतमा झैँ उडान हुने अपेक्षा गरिएको बताइन्। निगमले भारतका तीनसहित सात देशका नौ गन्तब्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । कम्पनीसँग अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाज छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ
  • गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी
  • मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न
  • गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    News

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    News

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    News

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    News

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑