अफगानिस्तानको राजधानी काबुलमा एक सांसदलाई लक्षित गरी भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ।
बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु र अन्य दुई जना घाइते समेत भएको प्रहरी स्रोतले आइतबार जानकारी दिए।
खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान इलाकामा बिहान साढे ७ बजे विस्फोट भएको थियो।
उक्त विस्फोटमा दुई जना मारिएको अफगानिस्तानका प्रहरी प्रवक्ताले सिन्ह्वालाई जानकारी दिएको हो।
सांसद तावफिक वाहदातको सवारीसाधनलाई लक्षित गरी बम आक्रमण भएको थियो।
आक्रमणको समयमा सांसदका भाई सवारी साधनमा सवार थिए। उनी घाइते भएका छन्।
आक्रमणको बेलामा सांसद आफैं भने सो सवारीसाधनमा थिएनन्।
यस आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन।गएको केही वर्षयता करिब ५० लाख जनसंख्या रहेको अफगानिस्तानको राजधानी काबुल तालिबान र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहले बारम्बार आतंककारी आक्रमण गर्दै आएका छन्।