वीरगन्ज । बिरगंज पब्लिक कलेजको आयोजनामा शनिबार बिरगंजको होटेल बिस्वामा भएको हल्ट प्राईज कार्यक्रमको समापन भएको छ ।
बिरगंजमा पहिलो पटक बिरगंज पब्लिक कलेजले हल्ट प्राईज कार्यक्रमको आयोजना गरेको हो ।
आजको कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थीहरुले आफुले सोचेको नया व्यापार व्यवसाय सुरुआत कसरी गर्ने , व्यापार व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ , यस सम्बन्धि कस्तो योजना हुनु पर्दछ र यसले फाईदा कति दिन्छ भन्ने बारे ६ टिमले भागलिएका थिए ।
भागलिने टिमहरुमा भेजिकार्ट , तारो गर्ल्सस , ढिडो हाउस , अर्गानिक फार्म , एम एन्ड बि बेथनिक होटेल अफ नेपाल र रिङ्ग द बेल समुहको सहभागीता रहेका थियो ।
यस कार्यक्रममा सहभागी टिम मध्य पहिलो तारो गल्स , दोस्रो ढिडो हाउस र तेस्रो भेजिकार्ट टिम भएका थिए ।पहिलो हुने टिम राष्ट्रिय स्तरिय कार्यक्रममा भाग लिन पाउने छ र त्यहाबाट बिजेता भएका अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम भाग लिन पाउने आयोजनाले जानकारी दिएका थिए ।अन्तर्राष्ट्रिय स्तरमा हुने कार्यक्रम का बिजेता हुने टिमलाई १० लाख अमेरिकन डलरको ग्लोबल प्रतियोगितामा भाग लिन तथा अर्को चरणमा जान सकिने छ । यो कार्यक्रम बिगत ३ महिना अघि देखि विभिन्न BDP को तालिम तथा HULT Price oncampus ३-४ जना गरि धेरै कार्यक्रम गरिएको थियो ।
बिरगंज पब्लिक कलेजका क्याम्पस प्रमुख बिनय श्रेष्ठको अध्यक्षतामा र बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय सरावगीको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा बिशिस्ट अतिथि बिरगंज उद्योग बाणिज्य सघका अध्यक्ष गोपाल केडिया , अतिथिमा नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , क्यान नगर अध्यक्ष आलोक चौरसिया लगायत जजमा जडिबुटी व्यवसायी संघका अध्यक्ष सरोज कोईराला , एनपिएलका डाईरेक्टर अरबिन्द अमात्य , सिटिजन बैंक प्रदेश न.२ का प्रबन्धक दिवश सिंह ठकुरी , सनराईज बैंक बिरगंज शाखाका प्रबन्धक दिपेश खडकी , नेबिल बैंक प्रदेश न.२ का प्रबन्धक कृष्णा थापा , बिरगंज उद्योग बाणिज्य सघका पुर्व अध्यक्ष अशोक टेमानी , डेशिमल कलेजका डाईरेक्टर सुश्मा तिवारी , प्याप्सन पर्साका अध्यक्ष हरिशंकर साह , युवा व्यवसायी अनुप अग्रवालले आज भाग लिएका ६ टिमको जजमेन्ट गरि बिजेता घोषणा गरेका थिए ।
बिपिसीका अरबिन्द श्रेष्ठ , बासुदेव लाल कर्ण , पत्रकार , कलेजका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य हल्ट प्राईज बिपिसीका संयोजक मनिष चालिसेले र कार्यक्रम सन्चालन सन्चारकर्मी शिवम साहले गर्नु भएको थियो ।भनी जानकारी अजित भुजेल ले बताउनु भएको छ।