वीरगंज | देशभर हाल ६ हजार ९ सय ३२ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ११ हजार ६ सय ७३ कुल संक्रमितमध्ये ६ हजार ९ सय ३२ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ४ हजार ७ सय ४१ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र ४ हजार ८२ जना संक्रमित होम आइसोलेसनमा छन्।
प्रदेश १ मा ७ सय ३१, प्रदेश २ मा १ सय ३२, गण्डकी प्रदेशमा ६४, लुम्बिनी प्रदेशमा १ हजार ७४, कर्णालीमा ९२ र सुदूरपश्चिममा ७ सय ५७ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ७ हजार ३ सय ४१ जना संक्रमित होम आइसोलेसनमा थिए।