एजेन्सी | जर्मन औषधि उत्पादक कम्पनी बायोन्टेकले अमेरिकी कम्पनी फाइजरको साझेदारीमा निर्माण गरेको बिएनटी १६२ बि २ नामक कोरोना भाइरसविरुद्धको भ्याक्सिन कोरोना नियन्त्रणमा ९५ प्रतिशत प्रभावकारी देखिएको जनाइएको छ । सामान्यतया, सार्स कोभिड भाइरस प्रोटिनले भरिएको हुन्छ जुन मानव कोषिकामा प्रवेश गर्न सहयोगी हुन्छ ।
यी स्पाइक प्रोटिनले सम्भावित खोप र उपचारका लागि लक्ष्य निर्धारण गर्छन् । मोर्डनाजस्तै फाइजरले पनि भाइरसको जिनमा आधारित रहेर स्पाइक प्रोटिन निर्माण गर्छ । भ्याक्सिनमा आरएनए अर्थात् आनुवंशिक साम्रगी प्रयोग गरिन्छ, जसले कोषहरूमा रहेको प्रोटिनको मात्रा अध्ययन गर्छ । भ्याक्सिनमा प्रयोग गरिएको आरएनए भ्याक्सिनमार्फत सीधै शरीरमा पठाउँदा इन्जाइमका कारण टुक्रामा विभाजित हुन्छ । यसका लागि फाइजरले आरएनएलाई एक किसिमको तैलीय पदार्थमा मिसाएर प्रयोगमा ल्याउँदै छ ।
शरीरमा इन्जेक्सन दिइसकेपछि भ्याक्सिनका कण कोषसँग ठोक्किन्छन् र आरएनए बाहिर निस्कन्छ । कोषमा रहेका कणले भाइरसको अवस्था अध्ययन गरी स्पाइक प्रोटिन निर्माण गर्छ । बिस्तारै खोपले दिएको आरएनए कोषहरू नष्ट गर्छ । केही स्पाइक प्रोटिन टुक्रिएर ‘स्पाइक्स’ बनेर कोषको सहतमा बस्छन् ।
यस्तै, खोपबाट दिएका आरएनएका अणुहरूसमेत कोषको सहतमा हुन्छन् । जुन पछि प्रतिरक्षा प्रणालीले पत्ता लगाउँछ । जब खोपबाट दिएका कोष मर्छन् र स्पाइक प्रोटिनहरू उत्पादन भइसकेपछि प्रतिरक्षा प्रणालीले समेटेर नयाँ कोष निर्माण गर्छ । यसलाई अनुसन्धानकर्ताले एन्टिजेन प्रिजेन्टिङ सेल भन्छन् । कोषले सहतमा स्पाइक प्रोटिनहरू जम्मा गर्दा, अन्य सहायक कोषिकाहरूले टुक्रा पत्ता लगाउँछ । फलस्वरूप प्रतिरक्षा सक्रिय भएर भाइरसविरुद्ध लड्ने गर्छ ।
एन्टिबडी उत्पादन
बी सेल अर्थात् अन्य प्रतिरक्षा कोष भाइरसको स्पाइक वा प्रोटिनसँग ठोक्किँदा केही बी सेलले प्रोटिनलाई निष्क्रिय पार्छन् । यस्तै, टी सेलको मद्दतबाट एन्टिबडी उत्पादन गर्छन् । एन्टिबडीले स्पाइक वा प्रोटिनलाई ब्लक गरिदिन्छन् । स्पाइकहरू अन्य कोषमा सर्न नपाउँदा संक्रमण रोकिन्छ । योसँगै एन्टिजेन प्रिजेन्टिङ सेलहरू सक्रिय भएर संक्रमित कोषलाई नष्ट गर्छन् । जसका टुक्रा सहतमा रहन्छन् ।
फाइजर बायोटेक भ्याक्सिन २१ दिनको अन्तरालमा दुई डोज दिइनेछ । शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी निर्माण गर्नका लागि यो समय पर्याप्त हो । भ्याक्सिन प्रयोग गरिएको केही महिनापश्चात् शरीरमा भाइरसविरुद्धको एन्टिबडी र टी सेलको संख्या घट्दै जानेछ । तर, प्रतिरोधी क्षमतालाई सहयोग पु¥याउने मेमोरी बी सेल र मेमोरी टी सेल शरीरमा बाँकी रहनेछन् । यी सेलहरूले वर्षौँसम्म शरीरमा भ्याक्सिनविरुद्ध काम गर्ने सम्भावना रहको अनुसन्धाकर्ताहरू बताउँछन् ।
फाइजर भ्याक्सिन सन् २०२० जनवरीदेखि उत्पादन सुरु गरिएको थियो भने मार्च महिनामा बायोन्टेक र फाइजरले मिलेर काम अघि बढाएका थिए । मे महिनामा आरएनएमा आधारित रहेर बनाइएको भ्याक्सिनको पहिलो र दोस्रो चरणको क्लिनिकल ट्रायल परीक्षणको नतिजा सार्वजनिक गरेको थियो । जसमा केही साइड इफेक्ट पनि देखिएका थिए ।
–एजेन्सीको सहयोगमा