• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के हो अप्टिकल फाइबर, यसमा किन चल्छ अरुभन्दा फास्ट इन्टरनेट ?

  • वीरगंज संजाल
  • २६ मंसिर २०७७, शुक्रबार १९:१४
  • ३८७७

    वीरगंज। फाइबर इन्टरनेट आजकलको समयमा निकै लोकप्रिय छ । केही वर्ष अघिसम्म ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन फाइबरमा आधारित कमै मात्र हुने गर्दथ्यो ।बरु वायरलेस तथा वाईम्याक्स अथवा सामान्य केवल मार्फत प्रयोगकर्तालाई इन्टरनेट उपलब्ध गराइन्थ्यो । अहिले बजारमा फाइबर इन्टरनेटको माग निकै बढेको छ ।यसको कारण के हो भने फाइबर इन्टरनेटबाट स्पिड निकै फास्ट प्राप्त गर्न सकिन्छ अर्थात यसबाट धेरैभन्दा धेरै डेटा ट्रान्सफर गर्न सकिन्छ । भलै एउटा सामान्य प्रयोगकर्ताका लागि फाइबर इन्टरनेट नयाँ नै हो ।

    तर इन्टरनेटको दुनियाँमा भने फाइबर इन्टरनेट निकै धेरै अगाडि देखि नै प्रयोग हुँदै आएको छ । त्यसो त सन् १९५० मै मेडिकल प्रयोजनका लागि फाइबर केबल तयार पारिएको थियो ।ठूलो सर्जरी नगरिकनै फाइबर केवलको माध्यमबाट डाक्टरहरुले बिरामीको शरीरभित्र हेर्न सकुन् भनेरै यसको आविष्कार गरिएको थियो । एक किसिमले भन्ने हो भने सारा विश्वमा जुन इन्टरनेटको जालो छ, त्यो फाइबर बिना संभव थिएन ।फाइबर विश्वभरमा एउटा माकुराको जालोजस्तै विच्छ्याइएको छ र यसैकारण तपाईंसम्म इन्टरनेट पुगिरहेको हुन्छ । आज हामी तपाईंलाई यो अप्टिकल फाइबर प्रविधिले कसरी काम गर्दछ भन्ने बारेमा बताउँदै छौं ।

    के हो अप्टिकल फाइबर ?

    फाइबर अप्टिक्सलाई तपाईं ट्रान्समिसनको माध्यमको रुपमा बुझ्न सक्नुहुन्छ । अथवा भनौं तपाईं यसलाई एउटा पातलो पाइपको रुपमा लिन सक्नुहुन्छ ।जसमाप्रकाशको गतिमा डेटा अर्थात सूचनाले यात्रा गर्दछ । फाइबर केवल रौंभन्दा पनि पातला हुने गर्दछन् र यी निकै लामा हुन्छन् ।एकसाथ कयौं रौं जस्तै फाइबर अप्टिक्समा एउटा आउटर लेयर अथवा बाह्य कवचले संरक्षण प्रदान गरिन्छ । ता कि यी टुट्न नसकुन् ।

    फाइबरलाई एउटा बण्डलको रुपमा राख्ने गरिन्छ र यिनलाई अप्टिकल केबल भनिन्छ । फाइबर अप्टिक्सको विशेषता नै के छ भने यी निकै लामो दूरीसम्म प्रकाशको माध्यमबाट डेटा लैजाने गर्दछन् ।किन भने प्रकाशको स्पिड अर्थात गति निकै धेरै फास्ट हुने गर्दछ । त्यसैले अप्टिकल फाइबरलाई डेटा ट्रान्समिट गर्नका लागि प्रयोगमा ल्याउने गरिन्छ ।

    यदि तपाईंले फाइबर अप्टिक्सलाई ध्यानपूर्वक हेर्नुभयो भने तपाईंले रौंभन्दा पनि पातला तारभित्र खाली भाग हुने गर्दछ । यदि तपाईंले यसको खाली भागमा एक छेउबाट तपाईंले लेजर लाइट लगाउनु भयो भने दोस्रो छेउमा देख्न सक्नुहुनेछ ।

    यस्तो विधि त्यतिखेर प्रयोग गरिन्छ, जब अप्टिकल फाइबर कहिँ कतै चुँडिएको हुन्छ अथवा यसमा कुनै समस्या आएको हुन्छ । एउटा केबलभित्र एकभन्दा धेरै फाइबर स्ट्याण्ड हुने गर्दछन् ।

    यतिसम्म कि जुन केबल समुद्रभित्र बाट जाने गर्दछन्, त्यसमा हजारौं पातला पातला फाइबर हुने गर्दछन् । जसलाई एउटा केबलभित्र राखिएको हुन्छ ।

    यिनलाई प्राविधिक भाषामा कोर भन्ने गरिन्छ । यस हिसाबले एउटा केबलमा १० फाइबर गइरहेका छन् भने तपाईं त्यसलाई १० कोरको अप्टिकल फाइबर भन्न सक्नुहुन्छ ।

    यिनलाई तपाईंले एकदमै नजिकबाट नियाल्नु भयो भने सिसा समेत देख्न सक्नुहुनेछ । यसबाहेक त्यसमा कोर, क्ल्याडिङ र बफर कोटिङ पनि हुन्छन् ।

    कोर अर्थात फाइबरभित्र पातला पातला सिसा हुन्छन्, त्यसैमार्फत प्रकाशले यात्रा गर्ने गर्दछ । प्रकाश यहाँबाट परावर्तन भएर कोरसम्म पुग्न सकोस् र भित्रै रहोस् भन्नका लागि यसमा क्ल्याडिङ, आउटर अप्टिकल मेटेरियल प्रयोग गरिएको हुन्छ ।

    बफर कोटिङ एउटा प्लास्टिक कोटिङ हो, जसले फाइबरमा क्षति पुग्नबाट जोगाउने गर्दछ । यसभन्दा बाहिर आउटर लेयर हुने गर्दछ, जसलाई ज्याकेट समेत भन्ने गरिन्छ ।

    फाइबर अप्टिक्सले कसरी गर्छ काम ?

    तपाईं यसलाई एउटा पाइपको रुपमा बुझ्न सक्नुहुन्छ । जसमा प्रकाशको माध्यमबाट डेटा ट्रान्समिट अर्थात प्रशारण हुने गर्दछ ।

    फाइबर अप्टिक्सको पर्खाललाई यसरी डिजाइन गरिएको हुन्छ ताकि प्रकाश यससँग ठोक्किएर निकै टाढा टाढासम्म जान सकोस् र यताउता फैलिन नसकोस् ।

    यदि तार कहिँ कतै मोडियो भने ? यस्तो अवस्थामा प्रकाश अगाडि जान सक्दैन । प्रकाश अगाडि जान नसक्नुको अर्थ इन्टरनेट बन्द हुन्छ ।

    तर यस्तो किसिमको अवस्था आउन नदिनका लागि केबलभित्र क्ल्याडिङ हुने गर्दछ । जसको माध्यमबाट प्रकाश लगातार रुपमा ठोक्किँदै अगाडि बढ्ने गर्दछ ।

    क्ल्याडिङलाई तपाईंले सिसाको पर्खाल पनि भन्न सक्नुहुन्छ । क्ल्याडिङले प्रकाशलाई सोस्न सक्दैन । त्यसैले नै प्रकाश अगाडि तर्फ गइरहेको हुन्छ । यसैकारणले नै प्रकाश हजारौं किलोमिटरसम्म सहजै यात्रा गर्न सक्छ ।

    फाइबर अप्टिक किन सुरक्षित र फास्ट हुन्छ ?

    अघि भनिए जस्तै, यहाँ प्रकाशको माध्यमबाट डेटाले यात्रा गर्दछ । ज्ञात रहोस् भ्याकुम अर्थात खुल्ला स्थानमा प्रकाशको गति करिब तीन लाख किलोमिटर प्रति सेकेन्डसम्म हुने गर्दछ ।

    यस्तो अवस्थामा तपाईं अन्दाज गर्न सक्नुहुन्छ कि डेटा यसमा कति तीव्र रुपमा यात्रा गर्न सक्दछ । प्रकाशभन्दा छिटो अहिलेको समयमा कुनै चिज छैन र फाइबर अप्टिक्समा यसैको प्रयोग गरिन्छ ।

    परम्परागत इन्टरनेट केवलको कुरा गर्ने हो भने त्यसमा इलेक्ट्रिकल सिग्नल अर्थात संकेतबाट ट्रान्समिसन हुने गर्दछ । जुन प्रकाशको तुलनामा निकै स्लो अर्थात धिमा हुने गर्दछ ।

    कपर अर्थात तामा तथा स्याटेलाइटको तुलनामा समेत फाइबर अप्टिक केबलले तीव्र रुपमा डेटा ट्रान्समिट गर्न सक्छ । फाइबर अप्टिक्सको डेटा सेक्युरिटीको हिसाबमा समेत निकै उत्तम मान्ने गरिन्छ ।

    किन कि फाइबर अप्टिक केबललाई ह्याक गर्न सक्नु पनि स्याटेलाइट वा तामाको तारको तुलनामा समेत निकै मुस्किल कार्य हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑